logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • देश अस्थिरतातर्फ गइरहेको छः राजेन्द्र लिङदेन

    देश अस्थिरतातर्फ गइरहेको छः राजेन्द्र लिङदेन

    1.1K
    Shares
    देश अस्थिरतातर्फ गइरहेको छः राजेन्द्र लिङदेन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरुले देशमा स्थिरता नहुने बताएका छन् ।
    बिहीवार राम नवमीको अवसरमा काठमाडौंको बत्तिसपुतलीस्थित राम मन्दिरमा दर्शनका लागि पुगेका उनले अहिले देशमा व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरु बढेको बताए ।

    उनले देशमा शान्ति, स्थायित्वको लागि सरकार स्थिर हुन जरुरी रहेपनि तत्काल स्थिरताको कल्पना गर्नसक्ने अवस्था नरहेको स्पष्ट पारे । उनले देश अझै अस्थिरताको बाटोतर्फ जाने संकेत देखिएको बताए । अध्यक्ष लिङदेनले देशलाई स्थिरता दिन सबै एकजुट हुनुको विकल्प नरहेको पनि स्पष्ट पारे । उनले सरकार सांस्कृतिक सम्पदाहरुको संरक्षणमा गर्ने जिम्मेवारीबाट भाग्न खोजेको भन्दै सरकारले आफ्नो दायित्वबाट पन्छिनेकुरा सह्य नहुने चेतावनी दिए ।

    उनले भने, ‘हामी सरकारमा हुनु वा नहुनु तपशिलको कुरा हो । तर देशमा शान्ति, स्थायित्वको लागि सरकार स्थिर हुन जरुरी छ । तर अहिले जुन प्रकारको प्रवृत्ति विकसित भइरहेको छ, व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरु झनै तिब्र रुपले बढीरहेका छन् । त्यसले तत्काल स्थिरताको कल्पना गर्न सकिँदैन । देश अझै अस्थिरताको बाटोतर्फ जाने संकेत देखिएका छन् । सबै एकजुट भएर हामीले शान्ति, स्थिरता र विकासलाई मुल मुद्दा बनाएर अघि बढ्नुपर्छ । विगतमा सरकारले रामनवमीमा दिइरहेको बिदा कटौती गरेको थियो । हामी सरकारमा थोरै समय रहेपनि आगामी वर्षबाट सार्वजनिक बिदा दिने निर्णय गरेको छ । २०८० को सार्वजनिक बिदामा रामनवमी पनि परेको छ । केही वर्षदेखि सरकार धार्मिक संस्थानको संरक्षणमा भन्दा जिम्मेवारीबाट भाग्न खोजेको छ यो सह्य छैन । उच्च प्राथकिताका साथ सरकारले यसको जिममेवारी लिनुपर्छ ।’

    अध्यक्ष लिङदेनले आफू सरकारमा रहँदा वि.सं.२०८० सालबाट रामनवमीका दिनमा सार्वजनिक बिदा दिने निर्णय गराएको पनि बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend