logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • तनहुँ १ मा मेरो जित सुनिश्चित छ : नेता भट्टराई

    तनहुँ १ मा मेरो जित सुनिश्चित छ : नेता भट्टराई

    1.3K
    Shares
    तनहुँ १ मा मेरो जित सुनिश्चित छ : नेता भट्टराई

    काठमाडौं । नेपाली काँग्रेसका केन्द्रिय सदस्य गोविन्द भट्टराईले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा काँग्रेसको जित सुनिश्चित रहेको दाबी गरेका छन् । बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको संसदीय समिति र केन्द्रिय कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई वैशाख १० को उपनिर्वाचनमा उम्मेदवार बनाउने नर्णय गरसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले विगतमा झैँ यसपटक पनि काँग्रेस नै विजयी हुने बताएका हुन् ।

    उनले यस पटक विगतको भन्दा धेरै मत ल्याउने गरी काम थाल्ने पनि बताउनु भया । नेता भट्टराईले गठबन्धनका दलहरु एक भएर चुनावमा प्रतिष्पर्धा गर्ने बताए ।

    उनले भने, ‘तनहुँ १ मा नेपाली काँग्रेसकै जित सुनिश्चित छ । यसैपनि त्यो क्षेत्र नेपाली काँग्रेसले नै जितको क्षेत्र हो । अहिले पनि हामी गठबन्धनमा छौँ, विगतमा प्राप्त मत भन्दा बढी मत थप्न अहिले जति प्रतिष्पर्धी साथीहरु हुनुहुन्थ्यो टिकट लिनका लागि उहाँहरु र पार्टीको पूरा स्टक्चर र गठबन्धनका संरचनाहरु एकमत भएर हामी भारी बहुमतले जित्नेछौँ । जित्ने आधार धेरै छन् । अरु भाषण मात्रै गर्छन् मैले काम नै पूरा गरेको छु । मैले गरेका कामहरुबाट नै मेले निर्वाचन जित्नेछु । गठबन्धनले मलाई सहयोग गर्नेमा विश्वस्त छु ।’

    नेता भट्टराईले आफूले गरेका कामहरु नै आफ्नो जितका आधार भएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend