logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • गोकुल बाँस्कोटाको टिप्पणी- ‘कांग्रेसले रैथाने उम्मेदवार दियो, चितवनमा अब त्रिपक्षीय भिडन्त हुन्छ’

    गोकुल बाँस्कोटाको टिप्पणी- ‘कांग्रेसले रैथाने उम्मेदवार दियो, चितवनमा अब त्रिपक्षीय भिडन्त हुन्छ’

    1.8K
    Shares
    गोकुल बाँस्कोटाको टिप्पणी- ‘कांग्रेसले रैथाने उम्मेदवार दियो, चितवनमा अब त्रिपक्षीय भिडन्त हुन्छ’

    काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले चितवन–२ मा त्रिपक्षीय भिडन्त हुने टिप्पणी गरेका छन्।

    नेपाली कांग्रेसले रैथानेलाई उम्मेदवार बनाएपछि चुनावी भिडन्त त्रिपक्षीय हुने देखिएको उनले टिप्पणी गरेका छन् ।

    एमालेले चितवन–२ का लागि आज उम्मेदवार सिफारिस गर्ने पक्कापक्की रहेको बताउँदै उनले देशकै एक प्रमुख पर्यटकीय गन्तव्यमा चुनाव एकपक्षीय नभएर त्रिपक्षीय भिडन्ततर्फ जाने देखिएको बताएका हुन् ।

    उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘देशकै एक प्रमुख पर्यटकीय गन्तव्य जिल्ला चितवन–२ मा कांग्रेसले रैथाने जितनारायण श्रेष्ठलाई टिकट दिएपछि कांग्रेसजनमा उत्साह नै पैदा गरेको देखियो । शायद एमालेले आज नै टिकट सिफारिस गर्ने पक्कापक्की छ । चुनाव एकपक्षीय नभै त्रिपक्षीय भिडन्ततर्फ जाने देखियो ।’

    ४ मंसिरमा भएको निर्वाचनमा चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका थिए । नागरिकतासम्बन्धी मुद्दा हारेपछि उनको सांसद पद गुम्दा उपनिर्वाचन हुन लागेको हो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend