logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत उर्जामन्त्री बन्दै

    माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत उर्जामन्त्री बन्दै

    1.2K
    Shares
    माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत उर्जामन्त्री बन्दै

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत उर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री बन्ने भएका छन् । माओवादी केन्द्रले उर्जा मन्त्रालय पाएपछि बस्नेतले सो जिम्मेवारी पाएका हुन् ।

    बस्नेतले आज ३ बजे उर्जा मन्त्रीको रुपमा सपथ लिने ती सदस्यले बताए ।

    बस्नेत यसअघि तीनपटक मन्त्री भइसकेका छन् । २०६८ सालमा स्वास्थ्य मन्त्री भएका बस्नेत २०७२ सालमा गृह र २०७४ सालमा वन तथा वातावरण मन्त्री भएका थिए । पहिलो संविधानसभा चुनावमा समानुपातिक सांसद भएका बस्नेत दोस्रो संविधानसभा चुनावमा प्रत्यक्ष निर्वाचित भएका थिए । २०७४ र २०७९ सालको निर्वाचनमा उनी जाजरकोटबाट प्रत्यक्ष निर्वाचित भएका हुन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend