काठमाडौं । नेपाली कांग्रेसले चार जनालाई मात्र मन्त्री बनाउने भएको छ । पार्टीभित्र भागवण्डा नमिलेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले चार जनाको मात्र नाम प्रधानमन्त्रीलाई दिएका हुन् ।
स्रोतका अनुसार उपसभाति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री बन्ने छन् भने प्रवक्ता प्रकाशशरण महत अर्थमन्त्री हुनेछन् ।
रमेश रिजाल उद्योग र सीता गुरुङ शहरी विकासमन्त्री बन्ने पक्का भएको छ ।
कांग्रेसले ८ मन्त्रालय पाएको छ ।