काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्रीलाई एक मन्त्रीको मात्र नाम दिएको छ । जसपाबाट अशोक राई मन्त्री बन्ने निश्चित भएको छ । उनि शिक्षामन्त्रीसहित वनमन्त्री बन्ने निश्चित भएको हाे ।
सत्ता गठबन्धनमा भएको भगवण्डामा जसपाले दुई मन्त्रालय पाएको थियो । तर पार्टीमा भागवण्डा मिलाउन नसकेपछि अध्यक्ष उपेन्द्र यादवले राईको मात्र नाम पठाएका हुन् । अर्को मन्त्री तय नहुँदासम्म राईलाई वन मन्त्रालयको पनि जिम्मेवारी दिइएको हो ।
मन्त्रीहरुको शपथ ३ बजे हुँदैछ ।