logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • पत्रकारमैंत्री कानुन निर्माणका लागि सक्दो सहयोग गर्छु : सभामुख घिमिरे

    पत्रकारमैंत्री कानुन निर्माणका लागि सक्दो सहयोग गर्छु : सभामुख घिमिरे

    1.2K
    Shares
    पत्रकारमैंत्री कानुन निर्माणका लागि सक्दो सहयोग गर्छु : सभामुख घिमिरे

     

    काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारमैंत्री कानुन निर्माणका लागि आफूले सक्दो सहयोग गर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित रिपोर्टर्स क्लव, नेपालको रजत महोत्सव समारोहमा बोल्दै उहाँले सो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

    सभामुख घिमिरेले जनताको सुुसूचित हुने अधिकारलाई सहज बनाउने कुरामा पनि आफूले पत्रकारहरुलाई आवश्यक सहयोग गर्ने बताए । उनले नेपालको सञ्चार क्षेत्रमा ठूलो प्रगति भएको उल्लेख गर्दै त्यसलाई मुलुकको विकास र आर्थिक उन्नतिमा लाग्ने गरी प्रणालीको विकास गर्न आवश्यक रहेको पनि स्पष्ट पारे ।

    सभामुख घिमिरेले भने, ‘हामीले राजनीतिक क्षेत्रमा ठूलो परिवर्तनहरु गरेका छौं । जनता आज यो परिवर्तनबाट आशाबादी भएर बसेको बेलामा केही चुनौतिको कारणले समस्या उत्पन्न भएको छ । अहिले राजनीतिक क्षेत्रमा परिवर्तन भएजस्तै हाम्रो नेपालमा पनि मिडियाको क्षेत्रमा, सञ्चारको क्षेत्रमा ठूलो प्रगति भएको छ । र, परिवर्तन भएको छ । यसको भूमिका अव देश निर्माणमा, आर्थिक क्षेत्रको उन्नति गर्ने कुरामा, प्रणालीलाई विकास गर्ने कुरामा कसरी यसलाई बनाउन सकिन्छ ? मलाई लाग्छ–एउटा चुनौति आएको छ । त्यो चुनौतिलाई सामना गर्नका लागि रिपोर्टर्स क्लवको यो रजत जयन्ति सार्थक हुनेछ भन्ने मैले विश्वास लिएको छु । त्यही कुराहरुलाई अगाडि बढाउने सन्दर्भमा अहिले मैले लिईरहेको जिम्मेवारीको हिसावले पत्रकारमैंत्री कानुनहरु निर्माण गर्ने कुरा, जनताको सुसूचित हुने अधिकारलाई सुलभ बनाउने कुरा यी तमाम कुराहरुमा आफ्नो क्षेत्रबाट गर्नुपर्ने सहयोग म गर्नेनै छु ।’

    सभामुख घिमिरेले मुलुकको आर्थिक उन्नतिको काममा सञ्चार क्षेत्रलाई लगाउने काममा रिपोर्टर्स क्लव नेपालले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend