काठमाडौँ । नेपाली कांग्रेस परित्याग गरेका डा.स्वर्णीम वाग्ले र राष्ट्रिय सुशासन पार्टीका अध्यक्ष रमेश खरेललाई राष्ट्रिय स्वतन्त्र पार्टीमा स्वागत गरिएको छ ।
आज शनिवार पार्टी कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता मुकुल ढकालले पार्टीको चिन्ह भएको ब्याज लगाइदिएर पार्टीमा स्वागत गरेका हुन् ।
रास्वपाले वाग्लेलाई तनहुँ १ र खरेललाई बारा २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ ।
वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।