logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • गणतन्त्रलाई कमजोर पार्ने गतिविधि हुन नदिन सरकार दृढ र प्रतिवद्ध : गृहमन्त्री श्रेष्ठ

    गणतन्त्रलाई कमजोर पार्ने गतिविधि हुन नदिन सरकार दृढ र प्रतिवद्ध : गृहमन्त्री श्रेष्ठ

    1K
    Shares
    गणतन्त्रलाई कमजोर पार्ने गतिविधि हुन नदिन सरकार दृढ र प्रतिवद्ध : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने कुनै पनि गतिविधि मुलुकमा हुन नदिन सरकार दृढ र प्रतिवद्ध रहेको बताएका छन् ।

    जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त सो उपलब्धिलाई गुम्न नदिन सरकार दृढ रहेको उनको भनाई थियो । आईतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले शान्ति प्रक्रियाको बाँकि कामलाई सम्पन्न गर्नका लागि संक्रमणकालीन न्यायको कामलाई पूरा गर्ने काममा पनि सरकार गम्भिर रहेको बताए । सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानवीन आयोगलाई कार्यान्वयनको प्रक्रियामा लगेर सो समस्या  समाधान गर्ने सरकारको योजना रहेको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।

    उनले भने, ‘यो व्यवस्थालाई कमजोर पार्ने वा यसका उपलब्धिहरुमाथि धावा बोल्ने काम गर्न नदिन सरकार दृढ र प्रतिवद्ध छ । हामीले शान्ति प्रक्रियाको बाँकि काम पनि पूरा गर्नुछ । शान्ति प्रक्रियाको दुई वटा कार्यभार हामीले पूरा ग¥यौं । पहिलो र मुख्य कार्यभार राजनीतिक कार्यभार थियो । त्यो राजनीतिक कार्यभार भनेको संविधानसभाबाट संविधान बनाएर संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्रलाई संस्थागत गर्नु थियो । त्यो काम हामीले मूलभूत रुपमा पूरा गर्‍यौं । त्यो काम पूरा गरेर राजनीतिक कार्यभार पूरा गर्‍यौं । दोस्रो प्राविधिक कार्यभार थियो । त्यो जनमुक्ति सेना वा माओवादी लडाकुहरुको समायोजन र व्यवस्थापनको कार्यभार थियो । त्यो पनि हामीले पूरा ग¥यौं । र, तेस्रो एउटा कार्यभार पूरा गर्न बाँकि छ । संक्रमणकालीन न्यायसँग सम्बन्धित कार्यभार । सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानवीन आयोगलाई कार्यान्वयनको प्रक्रियामा लगेर यो संक्रमणकालीन न्यायको कामलाई पनि पूरा गर्नुछ । तवमात्रै शान्ति प्रक्रिया समग्रमा सम्पन्न भएको स्थितिमा हामी पुग्न सक्छौं । यो कुरामा पनि सरकार गम्भिर छ । सँगसँगै यो राजनीतिक परिवर्तनमा जनताको जनजीविकाको सुधारका लागि हो । यसका लागि विकास र समृद्धिको अभियानलाई अघि बढाउने र आम जनतालाई त्यसको उपलब्ध खुवाउने गरी समाजवाद उन्मुख समृद्धिलाई पूरा गर्नु हाम्रो चौंथो लक्ष्य हो । र, त्यो वास्तवमा केन्द्रिय लक्ष्य र कार्यभार पनि हो ।’

    उपप्रधानमन्त्री श्रेष्ठले सरकारले जनताको जीवनमा परिवर्तन ल्याउनका लागी विकास र समृद्धिको अभियानलाई तीव्रता दिने लक्ष्य लिएको पनि बताए ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend