logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • लोभ र लालच देखाएर मुलुकको सामाजिक संरचना च्यात्ने प्रयत्न भइरहेको छ : पूर्वराजा शाह

    लोभ र लालच देखाएर मुलुकको सामाजिक संरचना च्यात्ने प्रयत्न भइरहेको छ : पूर्वराजा शाह

    1.8K
    Shares
    लोभ र लालच देखाएर मुलुकको सामाजिक संरचना च्यात्ने प्रयत्न भइरहेको छ : पूर्वराजा शाह

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक भित्र देखिएको खिचातानीप्रति जनतामा वितृष्णा बढेर गएको धारणा व्यक्त गरेका छन् । सोमवार सुनसरीको इनरुवामा आयोजित नागरिक अभिनन्दनग्रहण पश्चात सम्बोधन गर्दै शाहले जनताको चासोप्रति आफू जानकार रहेको बताएका हुन् ।

    सम्बोधनका क्रममा शाहले जनताबाट प्राप्त चिन्ता र चासोप्रति आफू गम्भीर बनेको बताए । उनले देशमा स्थिरता र स्थायित्व सही राज्य पद्धती शान्ति र अनुशासन बिना हुन नसक्ने बताए । उनले कसैलाई धन,कसैलाई मन,कसैलाई पद र कसैलाई कद दिएर लालचमा पारी सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको बताए । उनले राष्ट्रियताको रक्षा र राष्ट्रिय एकतामा जोड दिनुपर्ने बताए । परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल, आलटाल र टालटुलको प्रणलीले कुनै खदिलो परिणाम दिन नसक्ने उनको भनाइ थियो ।

    पूर्वराजा शाहले भने, ‘हाम्रो देशलाई माया गरेर, आफ्नो देशको अवस्था बुझेर, तपाईहरुबाट जस प्रकारको चिन्ता, चासो र चिन्तन भएको छ, त्यसमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । स्थिरता र स्थायित्व, सही राज्य पद्धति, शान्ति एवं अनुशासन बिना हुन सक्दैन । कसैलाई धन,कसैलाई मन,कसैलाई पद र कसैलाई कद दिएर लोभ्याएर हाम्रो सामाजिक संरचना च्यात्ने प्रयास भइरहको छ । परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल, आलटाल र टालटुलको प्रणलीले कुनै खँदिलो परिणाम दिँदैन । निश्चय पनि हामीले राष्ट्रियता र राष्ट्रिय एकताको रक्षा गर्नुछ । निश्चय पनि हामीले हाम्रो राष्ट्रिय स्वाभिमान, अखण्डता तथा सार्वभौमिक स्वतन्त्रता जोगाउनुछ र निश्चय पनि हामीले शान्ति, सुव्यवस्था र सुशासनका माध्यमबाट चौतर्फी विकासको बाटो लाग्नुछ । आफ्नो भूभागका जनतानै हाम्रा विधाता हुन्, अनि यही प्रकृति र यिनै प्राणीको बोध गर्नु नै हाम्रो अहम् धर्म हो । त्यसैले व्यक्ति, परिवार, समूह, दल वा गुट, उपगुटमा अल्झिएर होइन, अब हामीले हामी र हाम्रो भन्ने सुहाउँदो राष्ट्रिय अवधारणालाई प्रवाह गर्नसक्नु पर्दछ । तपाईहरु जस्तै सबैमा यस्तै राष्ट्रिय दृष्टिकोण जागृत हुँदै जाओस् ।’

    पूर्वराजा शाहले देशमा स्थिरता र स्थायित्व सही राज्य पद्धती, शान्ति र अनुशासन बिना हुन नसक्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend