मकवानपुर । जिल्लाको हेटौडा उपमहानगरपालिका १५ स्थित चुरियामाई मन्दिर ईलाकाबाट करीव १६ लाख रुपैयाँ बराबरको सामानसहित पिकअप गाडी आज सीमा सुरक्षा बल सशस्त्रको टोलीले नियन्त्रण लिएको छ ।
बाग्मती प्रदेश ०१–०२५च ५२३० नम्बरको गाडीमा राखेर ल्याउँदै गरेको ४३ बोरा स्पेशल मिल्क पाउडर र ५५ वटा खाली क्यारेट सशस्त्र प्रहरी मकवानपुरले नियन्त्रणमा लिएको हो ।
साथै उक्त गणले सोही स्थानबाट करीव ४ लाख ८३ हजार रुपैयाँ बराबरको मोवाईल कभर, टेम्पर ग्लास लगायतका सामान समेत बरामद गरिएको छ ।
सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले दिएको जानकारी अनुसार बरामद गरिएको सामान तथा गाडी आवश्यक थप कारवाहीको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ ।