logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा न्यौपाने

    विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा न्यौपाने

    1.6K
    Shares
    विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा न्यौपाने

    चितवन । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको सञ्चालक समितिकोे अध्यक्ष पदमा डा विजयराज न्यौपाने नियुक्त भएका छन् । उनि सो अस्पतालमा पूर्वउपनिर्देशक पदमा कार्यरत छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको जनाइएको छ ।

    नवनियुक्त अध्यक्ष डा न्यौपानेले अस्पताललाई क्यान्सरसम्बन्धी थप जनचेतना जगाउने, उपचार गर्ने, अध्यापन गराउने अनुसन्धानसँगै क्यान्सरको क्षेत्रमा देशकै मुख्य थलोका रूपमा विकास गर्ने जानकारी दिए ।

    उनले चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्ज क्याम्पसबाट विसं २०३७ मा हेल्थ असिस्टेन्ट उत्तीर्ण गरी छ वर्ष चितवन, नवलपरासी र पर्सा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा सेवा गरेका छन् । विसं २०४३ मा तत्कालीन सोभियत सङ्घको युक्रेनमा उहाँले त्यहाँको एमडी (यहाँको एमबिबीएस सरह) अध्ययन गरे । विसं २०५० मा एमडी (यहाँको एमबिबीएस सरह)को चिकित्सक भई चिकित्सकीय सेवा दिन आफ्नै जिल्लालाई कर्मथलो बताए । डा न्यौपानेले परिवार नियोजन सङ्घमा छ वर्ष सेवा गरेका थिए ।

    उनले विसं २०५६ मा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सेवा सुरुआत गरेका थिए । विसं २०५७ मा विपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स (विपीकेआइएचएस) धरानमा एनेस्थेसियोलोजिष्ट एन्ड क्रिटिकल केयरमा विशेषज्ञता हासिल गर्नका लागि तीन वर्ष त्यहाँ बिताए । विसं २०६० मा एमडी उत्तीर्ण गरी त्यसपछिको उनि विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत छन् ।

    क्यान्सर अस्पतालमा विभागीय प्रमुखदेखि उपनिर्देशकसम्म रहेर लामो समयको अनुभवपछि अवकाश पाएका डा न्यौपाने क्यान्सर अस्पतालमा रहँदा हस्पिस एन्ड प्यालिएटिक कियर स्थापना गरी १६ वर्ष संयोजकको भूमिकामा रहेर योगदान गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend