logo

२०८१ असोज २३ बुधबार

logo
  • बुधबार, २३ असोज २०८१
  • राष्ट्रव्यापी वीर गणेशमान सिंह बक्सिङ शुरु

    राष्ट्रव्यापी वीर गणेशमान सिंह बक्सिङ शुरु

    980
    Shares
    राष्ट्रव्यापी वीर गणेशमान सिंह बक्सिङ शुरु

    काठमाडौं । वीर गणेशमान सिंह राष्ट्रव्यापी बक्सिङ च्याम्पियनसिप मंगलवार राजधानीमा शुरु भएको छ ।
    वीर गणेशमान सिंह स्पोर्टस कमिटिको आयोजनामा हुन लागेको प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षणको हलमा मंगलवारबाट शुरु भएको हो ।

    प्रतियोगितामा महिला र पुरुषतर्फ विभिन्न ६ तौल समूहमा खेलाडीले प्रतिष्पर्धा गर्दैछन् । चैत २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल १० टोलीका १ सय ४० खेलाडीले प्रतिष्पर्धा गर्नेछन् ।

    प्रत्येक विधाका विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेस्रो स्थानको खेलाडीले ७ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । जस अन्तर्गत पुरुषतर्फ ५१, ५७, ६३.५, ७१, ८० र ९२ केजी तौल समूह र महिलातर्फ ५०, ५४, ५७,६०, ६८ र ७५ केजी तौल समूहमा प्रतिष्पर्धा हुँदैछ । प्रतियोगितामा तीन विभागीय टोलीका साथै सात प्रदेशका खेलाडीले सहभागि जनाएका छन् ।

    प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहले गरेका हुन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend