logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दाको सुनुवाइ आज

    प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दाको सुनुवाइ आज

    1K
    Shares
    प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दाको सुनुवाइ आज

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको मुद्दाको सुनुवाइ आज हुने भएको छ।

    द्वन्द्वपीडितले प्रधानमन्त्री प्रचण्डलाई पक्राउको आदेश माग गर्दै दायर गरेको रिट न्यायाधीश हरिप्रसाद फुयाँलको बेन्चमा चौथो नम्बरमा परेको छ।

    अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीसहितले प्रधानमन्त्रीविरुद्ध रिट दायर गरेका थिए। सशस्त्र द्वन्द्वको समयमा मृत्यु भएकामध्ये ५ हजारको जिम्मा आफूले लिने बताएपछि प्रधानमन्त्रीविरुद्ध उनीहरुले रिट दायर गरेका थिए। सुरुमा निवेदन अदालत प्रशासनले दरपिठ गरेको थियो।​

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend