logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • अहिलेकाे सत्तारुढ गठबन्धन पाँच वर्षसम्म कायम रहने माधवकुमार नेपालकाे दावी

    अहिलेकाे सत्तारुढ गठबन्धन पाँच वर्षसम्म कायम रहने माधवकुमार नेपालकाे दावी

    1.1K
    Shares
    अहिलेकाे सत्तारुढ गठबन्धन पाँच वर्षसम्म कायम रहने माधवकुमार नेपालकाे दावी

    काठमाडौँ । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन पाँच वर्षसम्म कायम रहने दावी गरेका छन् ।

    वर्तमान सरकार र सत्तारुढ गठबन्धन कहिलेसम्म रहन्छ ? भन्ने आशंका कसैकसैले गर्ने गरेको उल्लेख गर्दै उनले सो कुरा बताएका हुन् । बुधबार पार्टीको केन्द्रिय प्रचार विभागले काठमाडौंमा आयोजना गरिएको ‘सम्पादकसँग भेटघाट तथा अन्तरक्रिया’ कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन पाँच वर्षसम्मै कायम रहनेमा ढुक्क हुन पनि आग्रह गरे । उनले मुलुकमा राजनीतिक स्थायित्व, विकास, समृद्धि र सुशासनलाई ध्यानमा राखेर सत्तारुढ गठबन्धनलाई अगाडि बढाइएको पनि बताए ।

    उनले भने, ‘यो कति दिनसम्म रहन्छ भन्ने आशंका छ । यसको लामो आयू छैन । कसैकसैले मिति पनि तोकेर त्यसभन्दा बढि चल्न सक्दैन भन्ने गरेका छन । त्यसलाई पत्याउने अवस्था पनि रहेको देखिन्छ । तर तपाईहरु ढुक्क भए हुन्छ–यो जुन गठबन्धन छ । यो पाँच वर्षसम्म कायम रहन्छ । त्यसो भएको हुनाले राजनीतिक स्थायित्वलाई ध्यानमा राखेर नै हामीले यो गठबन्धनलाई अगाडि बढाएका छौं । मुलुकमा राजनीतिक स्थायित्व, विकास, सुशासनका लागि हामीले मिलेर अघि बढने प्रतिवद्धता गरेका छौं ।’

    अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन जनताको जनादेश अनुसार बनेको र यसले मुलुकलाई मिलेर अघि बढाउने प्रण गरेको पनि बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend