logo

२०८१ माघ १८ शुक्रबार

logo
  • शुक्रबार, १८ माघ २०८१
  • Advertisment

    Sunaulo Nepal

    विप्लवका नाममा बम पड्काएर नेकपाले चुनाव जित्यो: नेता गुरुङ

    विप्लवका नाममा बम पड्काएर नेकपाले चुनाव जित्यो: नेता गुरुङ

    2.4K
    Shares

    काठमाडौं – ३७ जिल्लामा भएको उपनिर्वाचनको सम्पूर्ण नतिजा आइसकेको छ। ५२ स्थानमा भएको उपचुनावको अन्तिम परिणाम आउँदा नेकपाले एक प्रतिनिधिसभा सदस्य, एक प्रदेशसभा र तीन गाउँपालिका अध्यक्ष सहित ३० स्थानमा जित हासिल गरेको छ । नेपाली कांग्रेसले एक प्रदेशसभा सदस्य र धरान उपमहानगरको मेयर सहित १३ स्थानमा जित दर्ता गरेको छ। समाजवादी पार्टीले चार वडाध्यक्ष जितेको छ भने राजपाले ३ वडाध्यक्ष जितेको छ । यस्तै प्युठानको ऐरावती गाउँपालिका २ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

    उपनिर्वाचनको परिणामलाई लिएर विभिन्न खालका प्रतिक्रियाहरु आउन थालेका छन्। अघिल्लो निर्वाचनमा गठबन्धन मात्र बनाएर निर्वाचनमा सहभागी भएको नेकपा पार्टी एकीरकण भएपनि खासै उपलब्धी हासिल गर्न नसकेको र प्रमुख प्रतिपक्षी कांग्रेसलाई पनि यो निर्वाचनले सामान्य राहत बाहेक उत्साह थप्न नसकेको देखिन्छ। उपनिर्वाचनको नतिजालाई लिएर हामीले नेपाली कांग्रेसका नेता धनराज गुरुङसंग कुराकानी गरेका छौँ। हेर्नुहोस सुनौलो नेपालका लागि महेश पौडेलले नेता गुरुङसंग गरेको कुराकानीको केहि अंश:

    यो उपनिर्वाचनको परिणामले तपाइँहरुलाई कस्तो सन्देश दियो ?

    प्राप्त नतिजाले नेपाली कांग्रेसलाई उत्शाह जगाए पनि हामीले सोचेअनुसारको नतिजा आएन।

    कास्की २ मा तपाइँ पनि उम्मेदवार बन्ने चर्चा चल्यो। तपाइँ नै उम्मेदवार भएको भए माहोल फरक हुन सक्थ्यो ? हारको कारण के होला ?

    अत्यन्तै उपयुक्त उम्मेदवार उठाउँदा पनि केहि प्राविधिक कारणले गर्दा हाम्रो पराजय भयो। चुनाब जित्नका लागि अनेक गरिँदो रहेछ। कांग्रेस मजबुत रहेको ठाउँमा त्रास फैलाउन बम पड्काउने काम भयो। अन्य कारणहरु पनि होलान।

    नेकपाले बम पड्क्याएर त्रास फैलायो भन्न खोज्नुभएको हो ?

    यसमा आशंका गर्नुपर्छ। प्रचण्डले सम्बोधन गर्ने स्थानमा धेरै दिनदेखि शुरक्षाकर्मिहरुको उपस्थिति थियो। त्यस्तो अवस्थामा विप्लव समुहले बम पड्काउन कसरि सम्भव हुन्छ ? यस्तो शुरक्षा व्यवस्थाका बीच विप्लवले बम पड्काउन सम्भव छैन त्यसैले यसमा पुरै आशंका गर्ने बाटो छ।

    नेकपा अध्यक्ष प्रचण्डको गृहजिल्ला चितवनका तिनवटै वडामा कांग्रेसले जित्यो। प्रचण्ड परिवारको कमि कमजोरीका कारण हो कि तपाइँहरुले यसअघिको निर्वाचनमा नेकपाले पाएको कांग्रेसको मत फिर्ता ल्याउन सफल हुनुभयो ? यसलाई कसरी लिनुभएको छ ?

    पहिलेदेखि नै त्यो क्षेत्र कांग्रेसको गढनै हो। त्यसमा पनि खैरहनीमा त पहिले पनि कांग्रेसले नै जितेको हो। कुरा भरतपुर १६ को हो जसमा हामी पहिला पराजित भए पनि अहिले जितेका छौँ। यसमा कांग्रेस पहिलेकै स्थितिमा फर्क्यो भन्ने लाग्छ। अर्को कुरा प्रचण्ड र अहिलेको नेकपा मात्तिएको हात्ती जस्तो भएकोले जनताले नेकपालाई सबक सिकायो जसको फाइदा कांग्रेसलाई भयो नै।

    केहि आन्तरिक कुरा गरौँ, अब तपाइँको पार्टी कसरी अगाडी बढ्छ ?

    पार्टीका उच्च तहका नेताहरुबाट नै व्यक्तिगत आकांक्षा र स्वार्थका लागि जे पनि गर्ने प्रवृतिले गर्दा पार्टीलाई आन्तरिक रुपमा अव्यवस्थित र कमजोर बनायो। महाधिवेशन पनि समयमा गर्न नसक्दा धेरै समस्याहरु र कमजोरीहरु भए। अब हामी आफ्नो स्वार्थलाई भन्दा पार्टीलाई महत्व दिनुपर्छ। जिम्मेवार बनि पार्टी बनाउनपट्टि लाग्नुपर्छ। जसका लागि कुनै पनि विवाद नगरिकन महाधिवेशन समयमै गर्नु जरुरी छ। पार्टीका अन्य संगठनहरुलाई पनि सक्रिय र व्यवस्थित बनाउनुपर्छ।

    नेपाली भुमि लिम्पियाधुरा लिपुलेक कालापानीलाई पनि समेटेर आफ्नो राजनीतिक नक्शा सार्वजनिक गर्यो। यसले राजनीतिक वृत्तमा र सिंगो देशमा तरङ्ग सृजना गर्यो। सरकारले पनि विवाद समाधानको लागि प्रयाप्त कदमहरु नचालेको अवस्था छ। यसलाई कसरी लिनुहुन्छ ?

    भारतले नेपाली भुमि आफ्नो नक्शामा समेट्दा पनि नेपाल सरकारले उचित पहल नगर्नु दुखको कुरा हो। लुते विज्ञप्ति निकालेर सरकार सुरुमै भारतसामु गलेको देखियो। प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री मोदीको जन्मदिनमा सुभकामना दिन सक्ने तर देशको भुमि मिचिंदा एकचोटी पनि कुरा गर्न नसक्ने ? प्रधानमन्त्रीले बाहिर भन्दा हाम्रो भूमिबाट तिम्रो सेना फिर्ता लैजाउ, हामी आफ्नो एक इन्च भुमि पनि मिच्न दिंदैनौ भन्दै चिच्याउने तर मोदीसंग केहि कुरा गर्न नसक्नु लम्पसारवाद को पराकास्ट हो। यो बिषयमा सरकारले रास्ट्रघात गरेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend