logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • भारतमा कोरोना संक्रमित बढेपछि प्रदेश स्वास्थ्य मन्त्रीहरूको आकस्मिक बैठक

    भारतमा कोरोना संक्रमित बढेपछि प्रदेश स्वास्थ्य मन्त्रीहरूको आकस्मिक बैठक

    1.3K
    Shares
    भारतमा कोरोना संक्रमित बढेपछि प्रदेश स्वास्थ्य मन्त्रीहरूको आकस्मिक बैठक

    नयाँदिल्ली । भारतमा कोरोना संक्रमितको संख्या बढेपछि केन्द्रिय स्वास्थ्य मन्त्रालयले आकस्मिक बैठक बोलाएको छ ।

    केन्द्रीय स्वास्थ्य मन्त्री डा. मनसुख मण्डवियाले देशमा कोभिड मामिलाको बृद्धि भएको भन्दै आज सबै राज्य र केन्द्र शासित प्रदेशका स्वास्थ्य मन्त्रीहरूसँग समीक्षा गरी बैठक आब्हान गरेका हुन् ।

    स्वास्थ्य राज्यमन्त्री भारती प्रवीण पवारका अनुसार कोभिड नियन्त्रणका लागि केन्द्र सरकारले नियमित रूपमा राज्य र केन्द्र शासित प्रदेशहरूमार्फत कोभिड सम्बन्धी दिशानिर्देशहरू जारी गरिसकेको छ । ‘प्रधानमन्त्रीले कोभिडमा सबै राज्यहरूसँग समीक्षा गर्न निर्देशन दिनु भएको छ’ उनले भने । प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशन पछि आज स्वास्थ्यमन्त्री मण्डवियाले राज्य र केन्द्र शासित प्रदेशका स्वास्थ्य मन्त्रीहरूसँग समीक्षा बैठक गर्न लागेका हुन ।

    केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार भारतमा बिहीबार ५ हजार ३ सय ३५ नयाँ कोरोना संक्रमित थपिएका छन्, जुन पछिल्लो १९५ दिनमा सबैभन्दा धेरै हो। बिहीबार देशमा सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार ५८७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend