logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • दूर सञ्चार ऐनका कारण नेपाललाई ५० औं अर्ब नोक्शान हुँदैछ : नेता कोईराला

    दूर सञ्चार ऐनका कारण नेपाललाई ५० औं अर्ब नोक्शान हुँदैछ : नेता कोईराला

    1.2K
    Shares
    दूर सञ्चार ऐनका कारण नेपाललाई ५० औं अर्ब नोक्शान हुँदैछ : नेता कोईराला

    काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले सरकारले ड्राफ्ट गरिरहेको दूर सञ्चार ऐनका कारण नेपाललाई ५० औं अर्ब रुपैयाँ नोक्शान हुने दाबी गरेका छन् ।

    शुक्रवार काठमाडौंमा नेपाल सार्वजनिक सेवा कर्मचारी संघको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले एनसीएल २५ वर्षपछि सरकारको स्वामित्वमा आउनुपर्ने भएपनि भित्र भित्रै विभिन्न चलखेल गरी सरकारको स्वामित्वमा नआउने काम भइरहेको बताए । उनले देशको अर्थतन्त्र धराशायी रहेपनि नेपाललाई श्रीलंका र पाकिस्तान बन्न नदिने प्रतिवद्धता जनाए । उनले नेपालसँग अहिले १० महिनासम्मका लागि पुग्ने सञ्चिति रकम रहेको बताए । नेता कोईरालाले पछिल्लो समय राजश्व उठ्न नसक्दा कर्मचारीहरुलाई ऋण खोजेर तलव खुवाउने काम भइरहेको बताए ।

    उनले भने, ‘मैले अहिले सकेको छैन, संविधानमा नै श्रम आयोग बनाउनको लागि मैले लडिरहने हो, नेपाली काँग्रेसको विधानमा श्रमीकहरुलाई केन्द्रिय समितिमा ल्याउने र सँगै संसदमा श्रमीकहरुको पनि हामीले व्यवस्था गर्ने हो । यति मैले गर्नसके मलाई लाग्छ, मैले न्याय गरेको ठहरिन्छ, म कोशिष गर्दैछु, मेहनत गर्दैछु । तर आफू ठाउँमा भइसकेपछि मात्रै धेरै कुरा गर्न सकिँदो रहेछ, तर समय आउँदैछ, त्यो समयलाई तपाईहरुले पनि पर्खिनुहुनेछ, समय आएर म पुगेपछि गरिन भने तपाईहरुले औंला ठड्याउन सक्नुहुनेछ । विभिन्न मिडियाहरुमा, विभिन्न खाले समाचार आइरहेको देख्नुभएको छ । अहिले समाचार आइरहेको छ, टेलिकम सम्बन्धी समाचार, त्यो समाचार, एकातिर देशको अर्थतन्त्र धराशायी बन्ने अवस्थामा छ, भोलि के हुन्छ हामीलाई हामी थाहा छैन । हामी भन्नसक्ने अवस्थामा छैनौँ तर हामी पक्कै पनि पाकिस्तान र श्रीलंका हुन दिँदैनौँ, हुँदैन । हामीसँग १० महिनाको लागि आवश्यक सञ्चिति रकम छ । हामीले अन्य कुरा व्यवस्थित गर्न सकेका छैनौँ, राजश्व उठ्दैन, ऋण लिएर कर्मचारीलाई तलव खुवाइरहेका छौँ । अहिले एउटा एक्ट आउँदैछ । ऐन आउने भनेर सुनिरहेका छौँ हामीले । आइसकेको छैन, हामीले संसदमा त सुनेका छैनौँ तर त्यो एक्टले ५० औं अर्ब रुपैयाँ नेपाललाई नोक्शान हुने अवस्था छ । त्यो टेलिकमको कुरा गरेको हो । एनसीएलले २५ वर्षपछि छोड्नुपर्ने, एनसीएलले दिनुपर्ने पैसा के छ ? उसले के बदमासी गरेर मिलाउँदैछ ? यस्ता कुरा भन्नुपर्छ तपाईहरुले ।’

    नेता कोईरालाले संविधानमा नै श्रम आयोग बनाउनको लागि आफू लडिरहने प्रतिवद्धता जनाए । उनले नेपाली काँग्रेसको विधानमा श्रमीकहरुलाई केन्द्रिय समितिमा ल्याउने र संसदमा श्रमीकहरुको पनि व्यवस्था गर्नसके आफ्नो एउटा सपना पूरा हुने र त्यसका लागि आफू लडिरहेको बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend