logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • नेपालमै युवाले पसिना बगाउने वातावरण भएन: नेता पौडेल

    नेपालमै युवाले पसिना बगाउने वातावरण भएन: नेता पौडेल

    2K
    Shares
    नेपालमै युवाले  पसिना बगाउने वातावरण भएन:  नेता पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले अहिले पनि नेपाली युवाले देशमै पसिना बगाउने वातावरण नभएको बताएका छन् ।

    शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले नेपाली युवाले देशमै पसिना बगाउन चाहे पनि त्यो वातावरण नभएको बताएका हुन् ।

    ‘हामीले खोजिरहेको एउटा युवा दिनभरी क्यारेमबोर्ड खेलेर बस्छ । बेकामी भएर बस्छ । काम गर्न खोज्यो भने पनि यहाँ पाउँदैन । मलेसिया, दुबई र कतारमा गएर एकदमै जोखिमपूर्ण काम गर्नुपर्छ । उसले पसिना यहीँ बगाउन चाहन्छ तर त्यो वातावरण छैन,’ उनले भने ।

    उनले अब सबै युवालाई देशमै रोगारी दिनु पर्ने बताउँदै त्यसका लागि रोजगारी सिर्जना गर्न सही नीति ल्याउनुपर्ने बताए । कुनै नीति ल्याउँदा कसैको पक्ष र कसैको विरोधमा हुने गरेको बताउँदै उनले सबैको पक्षमा हुने नीति ल्याउन छलफल हुनुपर्ने बताए ।

    अब संसदमा एकअर्काको विरोध गर्नु बेर्थ हुने बताउँदै सांसद पौडेलले चाहिएको विषयमा छलफल गरी त्यसलाई कार्यान्वयन गर्नेबारे छलफल हुनु पर्ने बताए ।

    अबको २० वर्षपछि नेपालमा ५५ वर्षभन्दा माथिका उमेर समूह अर्थात निष्क्रिय जनशक्तिको उपस्थिति धेरै हुने भएकोले सक्रिय जनशक्ति बढी भएको वर्तमान समयमै सोच्नु पर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend