काठमाडाैँ । सभामुख देवराज घिमिरेले शीर्ष दलका नेताहरुबीच कुराकानी नभइरहेको अवस्थालाई मध्यनजर गरेर बैठक बोलाइएको बताएका छन् ।
शनिवार सिंहदरबारस्थित कार्यालयमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठक पछिल्लो समय तीन राजनीतिक दलका नेताहरुबीचमा सामुहिक विषयमा कुराकानी हुन नसकेको अवस्थालाई मध्यनजर गरी बोलाइएको बताएका हुन् ।
उनले नेताहरुको बीचमा पछिल्लो समय कुनै सामुहिक विषयमा कुरकानी हुन नसकेको र आज सामान्य कुराकानी गराउने प्रयास भएको बताए ।
उनले भने, ‘सहमति र विमति भन्दा पनि नेताहरुको बीचमा आपसमा बसेर सामुहिक विषयमा कुराकानी भएको थिएन, सामान्य कुराकानी गराउन पहल भएको छ, सामान्य कुराकानी भएको छ ।’
सभामुख घिमिरेले नेताहरुबीच सामुहिक विषयमा छलफल भएको बताए ।