मंसिर १९ काठमाडौं डोटीको शिखर नगरपालिकाकी एक युवतीको आगो लगाएर हत्या गरेको आरोप लागेको छ । वडा नं ४ मुडभराकी २६ वर्षीया भावना भट्टको आगो लगाएर हत्या गरेको माइती पक्षले आरोप लगाएका हुन् ।
उनका परिवारकै सदस्यले पेट्रोलियम पदार्थ छर्किँदै आगो लगाएर हत्या गरेको भावनाका दाई शालिग्राम भट्टले आरोप लगाएका छन् । हत्यामा उहाँका श्रीमान् मीनराज शर्माकै संग्लनता रहेको भट्टको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) दिलीपसिंह देउवाले घटनाबारे जिल्ला प्रहरी कार्यालयमा कुनै उजुरी तथा जानकारी नआएको बताए । उनले भने, “घटनाबारे कुनै जानकारी र उजुरी आएको छैन, उजुरी आएपछि प्रहरीले आफनो काम थाल्ने छ ।”