logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • सातौं स्वास्थ्य बीमा दिवस

    सातौं स्वास्थ्य बीमा दिवस

    1.4K
    Shares
    सातौं स्वास्थ्य बीमा दिवस

    काठमाडौँ । स्वास्थ्य बीमा बार्डको सेवा ७७ जिल्ला र ७ सय ४८ स्थानीय तहमा विस्तार भएको छ । बोर्डका अनुसार सेवा विस्तारमा बोर्डले विशेष ध्यान दिएको छ ।स्वास्थ्य बीमाबारे शनिवार आयोजित अन्तरक्रिया कार्यक्रममा निर्देशक डा. दामोदर बर्सौलाले बीमा संख्या विस्तार हुने क्रम बढ्दै गएको बताए ।

    उनले बीमालाई प्रभावकारी ढंगले संचालन गर्न सबै तह, निकाय जिम्मेवार हुनुपर्नेमा जोड दिए । ‘आर्थिक अभावका कारण स्वास्थ्य उपचारबाट वञ्चित हुन नपरोस् भन्ने हेतुले संचालन भैरहेको बीमा सबैको साझा रहेकाले यसको प्रबर्दन गर्न सबै जिम्मेबार हुनुपर्दछ,’ उनले भने ।

    काठमाडौैं र ललितपुर महानगरपालिकामा प्रथम सेवा बिन्दुको अभावमा स्वास्थ्य बीमा कार्यक्रम लागु नभएकोमा सम्बन्धित अधिकारीसँग छलफल भएको र अब छिटैै संचालनमा आउने उनले बताए । बीमा कार्यक्रम प्रबर्दन गर्न बोर्डले ११ मध्ये १० कार्यविधि तयार पारी कार्यान्वयनमा लगेको उनको भनाई छ । बोर्डका प्रवक्ता शम्भुप्रसाद ज्ञवालीले २०७२ चैत २५ गतेदेखि संचालनमा आएको स्वास्थ्य बीमा कार्यक्रमले हालसम्म ६४ लाख ५४ हजार ७ सय ७२ र सूचिकृत सेवा प्रदायक स्वास्थ्य संस्था ४ सय ५६ लाई समेटेको उनको भनाई छ ।

    गरीबीको सूचिकरण, नविकरण नर्सिङ महाशाखाले गर्दै आएको र अति विपन्न परिवारलाई बीमाको दायराभित्र ल्याउन विपन्न नागरिक औषधि उपचार कार्यक्रमको निर्देशिका परिमार्जन गर्ने प्रक्रिया अगाडि बढेको बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार कुल बीमित संख्या मध्ये हाल सेवा लिनेको संख्या २८ लाख ९६ हजार पाँच सय ७२ रहेको छ ।

    लक्षित वर्गको आवद्धतामा अति गरीब बीमितको संख्या चार लाख ९८ हजार सात सय २२ र ज्येष्ठ नागरिक सात लाख ७७ हजार आठ सय १६ रहेका छन् । बोर्डका अनुसार एचआइभी एड्स संक्रमित बीममितको संख्या परिवारका सदस्यसहित ३२ हजार पाँच सय ३० छन् । अत्ति अशक्त अपांग बीमित एक लाख २२ हजार एक सय ५४, कुुष्ठरोग संक्रमित बीमित तीन हजार दुुई सय ४२, टिबीका संक्रमित बीमित तीन हजार १७ जना छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend