मंसिर १९ काठमाडौं दक्षिण एसियाली खेलकुद सागमा नेपालले भुटानमाथि एक सय ४१ रनको भारी अन्तरले हराएको छ । नेपालले निर्धारित ओभरमा ३ विकेट गुमाउँदै २३६ रन बनाएको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले शतकीय पारि खेले । टी २० मा पहिलो शतक बनाएका मल्ल कप्तानको रुपमा नेपालका लागि शतक बनाउने दोस्रो खेलाडी पनि बनेका छन् । यसअघि पारस खड्काले टी २० मा शतक बनाएका थिए ।
जवाफमा भुटान २० ओभरमा ६ विकेट गुमाउँदा ९५ रनमा रोकियो । विशाल लक्ष्य पक्ष्याएको भुटानले १८ रनमा पहिलो विकेट गुमायो । त्यसपछि भुटानले ३७ रन बनाउँदा तीन विकेट खेर फाल्यो । त्यसपछि पनि उसले एकपछि अर्को विकेट गुमाउँन पुग्यो । जसमा भुटानले ७९ रन बनाउँदा पाँच विकेट गुमायो ।