काठमाडौ । पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार २१६ नमूनामध्ये ६७१ जनाको पीसीआर परीक्षण गर्दा ५० जना र ५४५ जनाको एन्टीजेन परीक्षण गर्दा ५ जना गरी ५५ जनामा कोरोना सक्रमण देखिएको हो ।
यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ३९६ जना पुगेको छ ।
काठमाडौं उपत्यकामा १९ जना कोरोना संक्रमितहरु छन् भने संस्थागत आइसोलेशनमा १३ जना छन्।
यस्तै ७ जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ भने ४ जनालाई भेन्टीलेटरमा राखिएको मन्त्रालयले जनाएको छ ।