logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • पार्टी पदाधिकारीहरुको काम कारबाहीप्रति सहमहामन्त्री आङदेम्बेको असन्तुष्टि

    पार्टी पदाधिकारीहरुको काम कारबाहीप्रति सहमहामन्त्री आङदेम्बेको असन्तुष्टि

    3.2K
    Shares
    पार्टी पदाधिकारीहरुको काम कारबाहीप्रति सहमहामन्त्री आङदेम्बेको असन्तुष्टि

    काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बेले पार्टी पदाधिकारीहरुको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

    सहमहामन्त्री आङदेम्बेले १५ औं महाधिवेशनले युवा नेतृत्वलाई प्राथमिकता दिएपनि उनीहरु पनि पार्टीको काममा चुकेको भन्दै सम्हालिएर अघि बढन सचेत गराए ।

    आईतबार काठमाडौंमा आयोजित पार्टी निकट नेपाल सांस्कृतिक कलाकर्मी संघको पाँचौं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले पार्टीको नेतृत्वमा पुग्छु भन्नेहरुले म आफू मात्रै जान्ने हुँ भनेर नसोच्न पनि चेतावनी दिए । सहमहामन्त्री आङदेम्बेले काँग्रेसलाई दुविधानमा पार्ने काम भईरहेको भन्दै त्यसो नगर्न पनि नेतृत्वलाई सचेत गराए ।

    उनले भने, ‘अहिले नेपाली काँग्रेसले राखेको जो लक्ष्य छ । आफ्नो क्रियाशील सदस्यलाई बढाएर त्यो उचाईसम्म किनभने १४ लाख क्रियाशील सदस्यको कल्पना भनेको जोक होइन । त्यसका लागि साँच्चै मेहनत गर्नु पर्छ । यहाँ त गफ बढि गर्ने चलन छ हेर्नुस् । अव भन्दा सबको मन दुख्छ । तर, काँग्रेस भित्र कहिलेकाँही ढुंगोको मन पनि बनाउनु पर्छ । साह्रै धेरै दुखाईहरु सहन सक्ने कि त्यस्तो बाँचेको हुन्छ कि साह्रै धेरै चाकडी गर्नेहरु बाँचेको हुन्छ । यो कुरामा तपाईहरु पनि भुक्तभोगी दुःख नै पाएको मान्छे हुनुहुन्छ । र, पार्टी भित्र दुख गरेका साथीहरुभित्र म पनि पर्छु । त्यसैले हामीले त्यो उचाईको सदस्यताको परिकल्पना गरेको हो भने नेपाली काँग्रेसले तपाईहरु जस्तो साथीहरुको अव खोजी गर्नैपर्छ ।

    नेपाली काँग्रेसले दुविधामा बाँच्न हुँदैन । मैले अघि नै भने नि त्यति धेरै उचाईको सदस्यताको परिकल्पना गर्ने नेपाली काँग्रेसले दुविधामा बाँचेर त्यो यात्रा तय गर्न सक्दैन । त्यो महत्वकांक्षी यात्रा तय गर्ने हो भने दुविधा त्यागेर एउटा उद्देश्य प्राप्ती गर्ने संकल्प बोकेर अगाडि बढनुपर्ने हुन्छ । म तपाईहरुले बनाउनु भएको सहमहामन्त्री हो । युवाहरुले पार्टीमा नेतृत्व गरोस् भन्ने चाहना मेरो हो । हार्दिक इच्छा पनि हो । हामी कसरी, को कहाँकहाँ आजको मितिसम्म आईपुग्दा खेरी चुकेका छौं ? चुकिराखेका छौं वा चुक्ने कोशिस गरिराखेका छौं । यो चुक्नेहरुले जान्ने हो । यद्यपि म जस्तो मान्छेले शुभेच्छा व्यक्त गरिरहने हो । बाँकि बचत नेतृत्वमा पुग्छु भन्ने चाहना राख्नेहरुले आफूलाई सम्हालेर लैजानु पर्दछ । किनभने यहाँ कोही भन्दा कोही लाटो छैन । सबै चलाख छन । कसैले यो नसोचे हुन्छ–म बढता जान्ने हुँ भनेर कसैले नसोचे हुन्छ । नेपाली काँग्रेसलाई बनाउनका लागि घामपानी सबैले सहेको छ ।’

    सहमहामन्त्री आङदेम्बेले पार्टीमा योगदान गरेकाहरुलाई सम्मान गर्ने परिपाटीको विकासमा आफू लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend