logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • भक्तपुरमा बिस्केट जात्रा शुरु

    भक्तपुरमा बिस्केट जात्रा शुरु

    1.2K
    Shares
    भक्तपुरमा बिस्केट जात्रा शुरु

    काठमाडौँ । भक्तपुरमा आजबाट बिस्केट जात्रा शुरु भएको छ । आठ रात नौ दिनसम्म मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् जात्रा बिस्केट सोमवार बिहानबाट नै शुरु भएको हो ।

    तौमढीस्थित भैरवको रथमा पूजा गर्न बिहानैदेखि भक्तजनको भीड रहेको थियो । बिहान ५ बजेदेखि सर्वसाधारणका लागि भैरवको रथमा पूजा खुला गरिएको थियो । पूजापछि भैरवको रथ तान्न शुरु गरिएको छ भने यस वर्ष छिट्टै रथ तानेर गहिटी पु¥याउने बताइएको छ । पूजा गर्दै भैरवको रथमा भैरवनाथ र बेताल विराजमान गराई हनुमानढोकाबाट ल्याएको खड्ग, तरबार र निशान राखेपछि विधिपूर्वक रथ तानेर यात्रा शुरु भएको छ । विगतका वर्षहरुमा अपराह्न ५ बजेपछि रथ तान्न शुरु गरी राति अबेरसम्म टौमढीबाट रथलाई माथि र तल तानेर गःहिटी पुर्‍याउने चलन थियो ।

    यस वर्ष भने भैरवनाथको रथ अपराह्न ५ बजेसम्म गःहिटीमा पु¥याइ पहिलो दिनको जात्रा सम्पन्न गर्ने तयारी रहेको आयोजकले बताएको छ । रथमा जुसी बजु, कर्माचार्य, तलेजुको मूल पुजारी, गुठी नाइके, भैरव नाइके, कर्मी नाइके, चौगुठीलगायत तोकिएका आवश्यक व्यक्तिबाहेक अन्य व्यक्ति चढ्न पाइँदैन ।

    आजको जात्रा सम्पन्न भएपछि चैत्र ३१ गते ल्यासिंखेलमा गुठी पूजासहित सबै प्रक्रिया पूरा गरी अपराह्न ५ बजे लिङ्गो उठाइने जात्रा हुनेछ । आगामी वैशाख १ गते अपराह्न ५ बजेभित्र लिङ्गो ढाल्ने र वैशाख ५ गते अपराह्न ५ बजेसम्म रथ तानिसकेर जात्रा सम्पन्न गर्ने गरी तयारी गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend