logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • सरकारलाई उत्तरी सीमानाकाहरु खोल्न सांसद बडूको ध्यानाकर्षण

    सरकारलाई उत्तरी सीमानाकाहरु खोल्न सांसद बडूको ध्यानाकर्षण

    924
    Shares
    सरकारलाई उत्तरी सीमानाकाहरु खोल्न सांसद बडूको ध्यानाकर्षण

    काठमाडौँ । नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले नेपालको उत्तरी सीमामा रहेका नाकाहरु खोल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

    सोमवारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद बडूले नेपालका उत्तरी सीमानामा रहेका दार्चुलाको तिङ्कर, ताप्लेजुङको ओलाङचुङ्गोला लगायतका नाकाहरु खोल्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

    विगत चार वर्षदेखि नाका बन्द हुँदा त्यस भेगको जनजीवन समेत प्रभावित भएको भन्दै उहाँले नाका खोल्न कुटनीतिक पहल गर्न सरकारसँग माग गरे । नाका खुलेमा देशको अर्थतन्त्र निर्माणमा योगदान पुग्ने उनको भनाई छ ।

    उनले भने, ‘नेपाल सरकारले यसलाई गम्भिरतापूर्वक ध्यान लिनु जरुरी छ । र उच्च प्राथमिकताका साथ, महत्वका साथ, गम्भिरतापूर्वक नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, छिटोभन्दा छिटो कुटनीतिक पहल होस् । र यि नाकाहरु सञ्चालनमा आउन् । ताकि हाम्रो अवरुद्ध व्यापार फेरि सञ्चालनमा आओस् । केही अंशमा भएपनि हाम्रो अर्थतन्त्र निर्माणमा यसले योगदान दिन सक्छ । र रोजगारी सिर्जनामा नयाँ अवसर सिर्जना हुनसक्छ ।’

    उनले उत्तरी नाका खोलाउने विषयलाई सरकारले गम्भिरतापूर्वक लिनुपर्ने बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend