logo

२०८१ माघ १ मंगलबार

logo
  • मंगलबार, १ माघ २०८१
  • जलविद्युत उत्पादन तथा बिक्री सम्बन्धी सम्झौता गर्न सर्वदलीय संयन्त्र गठन गर्न सांसद शर्माको माग

    जलविद्युत उत्पादन तथा बिक्री सम्बन्धी सम्झौता गर्न सर्वदलीय संयन्त्र गठन गर्न सांसद शर्माको माग

    1.9K
    Shares
    जलविद्युत उत्पादन तथा बिक्री सम्बन्धी सम्झौता गर्न सर्वदलीय संयन्त्र गठन गर्न सांसद शर्माको माग

    काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले प्रधानमन्त्रीको भारत भ्रमणभन्दा अगाडि जलविद्युत उत्पादन तथा बिक्री सम्बन्धी सम्झौताका लागि सर्वदलीय संसदीय संयन्त्र गठन गर्न माग गरेका छन् ।

    सोमवार प्रतिनिधि सभा बैठकको विशेष समय लिएर बोल्दै सांसद शर्माले यस्तो बताएका हुन् । उनले केही समय अघि भारतका व्यवसायीहरुसँग भेट्दा नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय विद्युत विकास तथा व्यापार सम्झौता हुनसक्ने आधार देखेको उल्लेख गरे । उनले भारतीय व्यवसायीहरुले नेपालको विद्युत उत्पादन गर्न अन्य देशलाई दिएकोमा गुनासो गरेको बताए । उनले भारतका व्यवसायीहरुले विद्युत उत्पादन अरु देशलाई गर्न दिने तर विद्युत खपतको लागि भारतले किनिदिनु पर्ने वैज्ञानिक नभएको गुनासो गरेको बताए ।

    उनले नेपालको जलाशयको क्षमता अनुसार २३ वटा परियोजनाबाट सन् २०३० सम्म ३० हजार मेगवाट क्षमताको बिद्युत उत्पादन गर्न सकिने दाबी गरे । उनले ३० हजार मेगवाट क्षमताको बिद्युत उत्पादनका लागि भारत र बंगलादेशका लगानीकर्तालाई पनि आकर्षित गर्न सकिने उल्लेख गरे । उनले भारत र बंगलादेशलाई पनि वीन वीनको अवस्थामा ल्याएर लगानीको वातावरण बनाइदिनु पर्ने भन्दै भारतलाई हेर्ने परम्परागत दृष्टिकोण परिवर्तन हुनुपर्ने समेत बताए ।

    उनले भने,‘मलाई भारतका केही शहरमा पुग्ने अवसर प्राप्त भएको थियो । त्यहाँका युवा उद्यमीहरु र विशिष्ट व्यक्तिहरु भेट्ने अवसर प्राप्त गरे मैले उहाँहरुलाई भेट्दा आफ्नो जिज्ञासा राखे । हाम्रो प्रधानमन्त्री पुष्पकमल दाहाल निकट भविष्यमा भारत भम्रण गर्दै हुनुहुन्छ । नेपाल र भारतको बीचमा विशेष गरी जलस्रोतको क्षेत्रमा समस्या के हुनु भन्दा त्यहाँका साथीहरुले भन्नुभयो । तपाईहरुको जलस्रातको ठूलो मार्केट भारत र बंलादेश हो । हामी यसमा वहस गर्न तयार छौं तर उत्पादन गर्न नेपालले अरु कम्पनीहरुलाई दिने र खटाएर उत्पादन दिए पश्चात हामीले किनिदिनु पर्ने ? यो अलि मिलेन र यो विषयमा वृहत रुपमा छलफल हुन जरुरी छ । प्रधानमन्त्रीको भारत भ्रमण अगावै यी विषयमा एउटा राजनीतिक संयन्त्र तयार गरेर एक आपसमा छलफल गर्ने हो भने जलस्रोतको विकासको निम्ति भारतीय र बंलादेशी व्यवसायीहरुसहित क्रिपक्षीय सम्झौता समेत सम्भव रहेको कुरा थाहा पाए । प्रधानमन्त्रीलाई मेरो एउटा आग्रह के छ भने धेरै प्रधानमन्त्रीहरु भारतमा जानुहुन्छ । आउनुहुन्छ । नेपाल र भारतीय अखबारहरुमा व्यानर समाचारहरु बन्छन् । प्रजातन्त्र आएको यत्रो वर्ष हेर्दा के पाइयो भने जम्मा भारतसँग विद्युत व्यापार सम्झौता गरेको ४५२ मेगावट त्यो पनि वर्षाको सिजनमा हुने रहेछ । नेपालको जलविद्युत उत्पादनको क्षमता अनुसार २३ वटा मात्रै आयोजना सञ्चालन गर्ने हो भने करिव ३० हजार मेगावट विद्युत २०३० सम्ममा उत्पादन गर्न सक्छौं । ३० हजार मेगावट विद्युत भारत र बंलादेशमा बिक्रि गर्न सक्यौं भने संसद भवन बाहिर प्रेमप्रसाद आचार्य जलेर मरे जस्तो नभएर धेरै नेपाली आत्मादाह गर्नु पर्ने अवस्थाको अन्त्य हुने थियो । मुलुकको आर्थिक अवस्था माथि जाने थियो । हाम्रा बच्चाहरुले राम्रा विद्यालय पाउने थिए । मलाई के लाग्छ भने नेपालले भारतलाई हेर्ने दृष्टिकोणमा पनि परिर्वतन गर्नुपर्छ । हेर्ने दृष्टिकोण परिर्वतन गर्न किन आवश्यक छ भन हिजोको परम्परागत एप्रोचको डिप्लोमेसीले भारत र नेपालको बीचमा दरार पैदा गरेको थियो । अब अहिलेको भारत हाम्रो कालिगण्डकीबाट ढुंगा टिपेर गएर जनकपुरमा पुजा गरेर अध्योध्यामा राम सीता र लक्ष्मणको प्राण प्रतिष्ठा स्थापना गरेर संसारका हिन्दुहरुलाई आकर्षित गर्ने भारत हो । हामी चाँडो जलाशययुक्त ड्याम बनाएर उनीहरु लगानी गर्न यहाँ ल्याएर लाई ल्याएर बिजुली बेचौं ।’

    उनले विगतका प्रधानमन्त्रीहरु भारत भ्रमणमा जाने तर कुनै पनि राम्रो सम्झौता गर्न नसकेको बताए । उनले अहिलेसम्म भारतसँग विद्युत व्यापार सम्झौता ४५२ मेगावट रहेको त्यो पनि वर्षा आयममा रहेको बताए ।

    उनले नेपालमा जलस्रोतको क्षमता अनुसार जलविद्युत उत्पादन गर्नसके नेपाली नागरिकहरुले आगोमा जलेर आत्मादाह गर्नु पर्ने अवस्थाको अन्त्य हुने दाबी गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend