काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगको बैठक बस्दैछ । सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको ‘अडियो प्रकरण’का बारेमा छानबिन गर्नका लागि बैठक बस्न लागेको हो ।
बैठक बिहान ११ बजे बस्दै छ । बैठकले सांसद श्रेष्ठले सोमबार बुझाएको स्पष्टीकरणका विषयमा छानबिन गरेर केन्द्रीय समितिलाई सिफारिस गर्नेछ । सो सिफारिसका आधारमा उनीमाथि के कस्तो कारबाही हुने ? त्यसका बारेमा केन्द्रीय समितिले निर्णय लिनेछ ।
सांसद श्रेष्ठले बाहिरीएको अडियोको स्वर आफ्नो नभएको दाबी गर्दै आएका छन् । यता, पार्टीका सभापति रवि लामिछानेले आरोप प्रमाणित भएमा उनलाई सांसद पदबाट बर्खास्त गर्ने जनाई सकेका छन् ।