काठमाडौँ । सभामुख देवराज घिमिरेको निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख तीन दलका शीर्ष नेताहरूबिच छलफल सुरु भएको छ ।
तीन नेताहरूबिच छलफलमा सत्य निरूपण तथा मेलमिलाप आयोगलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल केन्द्रित रहेको बताइएको छ ।
सो छलफलमा सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रहेका छन् ।