logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • एकीकृत समाजवादी प्रदेश सरकारहरुमा सहभागि हुन्छः अध्यक्ष नेपाल

    एकीकृत समाजवादी प्रदेश सरकारहरुमा सहभागि हुन्छः अध्यक्ष नेपाल

    1.5K
    Shares
    एकीकृत समाजवादी प्रदेश सरकारहरुमा सहभागि हुन्छः अध्यक्ष नेपाल

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी प्रदेश सरकारमा सहभागि हुने बताएका छन् ।

    मंगलवार पार्टी निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी प्रदेश सरकारहरुमा सहभागि हुने बताएका हुन् । उनले आफूहरु संघीय सरकारमा सत्तारुढ गठबन्धनमा रहेको भन्दै प्रदेश सरकारमा पनि छिट्टै सहभागि हुने बताए । उनले संघ र प्रदेश सरकार दुवैमा आफुहरुको भुमिक हुने उल्लेख गरे ।

    उनले भने, ‘हाम्रापनि मन्त्रीहरु हुनुहुन्छ । गठबन्धन दलमा हामीपनि सामेल छौँ । केन्द्रमा पनि हामी छौँँ । अब बिस्तारै हामी प्रदेश प्रदेशमा पनि सरकारमा सहभागि हुन गइरहेका छौँ । त्यस अर्थमा प्रदेशमा पनि र केन्द्रमा पनि हाम्रो भुमिका रहनेछ । पालिकामा जहाँ हाम्रो पार्टी संगठन छ, उहाँहरुको सहयोग लिएर, उहाँहरुसँग समन्वय गरेर गरेर काम गर्नुपर्छ । शिक्षक संगठनले पार्टीसँग समन्वय गरेर शक्ति वृद्धि गरेर दबाब सिर्जना गर्ने काममा तपाईहरु अगाडी बढ्नुहोस् ।’

    अध्यक्ष नेपालले राज्यले शिक्षा क्षेत्रलाई धेरै महत्व दिनुपर्ने बताए । उनले शिक्षकहरुको मर्यादा र जीवनस्तर राम्रो बनाउन विशेष लगानी गर्नुपर्ने बताए । उनले कुनैपनि बालबालिकाहरुलाई विद्यालय बाहिर राख्नु नहुने बताए । सबैले कम्तिमा कक्षा १२ सम्म पढ्नसक्ने वातावरण बनाउनुपर्ने बताए ।

    उनले भने, ‘शिक्षालाई अत्याधिक महत्व दिएर यसलाई अगाडी बढाउनका लागि शिक्षकहरुको मर्यादालाई, शिक्षकको जिवनस्तरलाई राम्रो बनाउनका लागि राज्यले विशेष लगानी पनि गर्नुपर्छ । त्यस्तै शिक्षा प्रदान गर्न एकजना बालबालिकापनि विद्यालय भन्दा बाहिर नरहुन् भन्ने सोच राखेर सबै बालबालिकालाई न्यूनतम पनि कक्षा १२ सम्म पढ्ने वातावरण हामीले उपलब्ध गराउनु पर्दछ । प्रत्येक युवाहरुलाई हामीले प्राविधिक शिक्षा दिनुपर्छ । र प्राविधिक तालिम दिनुपर्छ । जसले गर्दा सीपयुक्त जनशक्ति उत्पादन हुन सकोस् ।’

    उनले युवाहरुलाई प्राविधिक शिक्षा र प्राविधिक तालिम दिएर सीपयुक्त जनशक्ति उत्पादन गर्नुपर्ने बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend