logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • आजको मौसमः तीन प्रदेशमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना

    आजको मौसमः तीन प्रदेशमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना

    1.3K
    Shares
    आजको मौसमः तीन प्रदेशमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार तीनवटा प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

    विभागका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

    देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

    बुधबार राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend