logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकहरुको महत्वपूर्ण भुमिका छ : धनञ्जय रेग्मी

    नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकहरुको महत्वपूर्ण भुमिका छ : धनञ्जय रेग्मी

    1.9K
    Shares
    नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकहरुको महत्वपूर्ण भुमिका छ : धनञ्जय रेग्मी

    काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीले नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकहरुको महत्वपूर्ण भुमिका रहेको बताए । उनले लामो समयपछि चीन सरकारले समूहमा नेपाल घुम्न अनुमति पछिको नेपाल भ्रमणमा पहिलो १८१ चिनियाँ टोली आउनु स्वागतयोग्य रहेको बताए । उनले पहिलो समूहमा १८१ जना आएको र अब लगातार रुपमा ७ सय चिनियाँ पर्यटक आउने बताए ।

    उनले २०१९ मा १ लाख ६५ हजार नेपालमा चिनियाँ पर्यटक आएको बताए । उनले चिनियाँ राष्ट्रपतिले भिजिट २०२० मा चीनबाट ५ लाख पर्यटक पठाउने भनेपनि कोरोनाका कारण सफल हुन नसकेको बताए । उनले यो वर्ष २०१९ को भन्दा बढी चिनियाँ पर्यटक नेपालमा पाउने अपेक्षा गरिएको बताए । उनले पर्यटकहरुको नेपाल बसाई एक हप्ता हुने बताए ।

    उनले भने,‘लामो समयपछि चीन सरकारले समूहमा विदेश घुम्न जान अनुमति दिएपश्चात आज नेपाल भ्रमणमा आएका चिनियाँ टोलीलाई स्वागत गरेका छौं । लगातार रुपमा नेपाल आउने ७ सय जनाको चिनियाँ समूह रहेको छ । १८१ जना चिनियाँ पर्यटकलाई स्वागत गरेर सकारात्मक सन्देश दिनको लागि उपस्थित भएका छौं । नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकहरुको महत्वपूर्ण भुमिका रहेको छ । विगत २०१९ मा १ लाख ६५ हजार जति नेपालमा चिनियाँ पर्यटक आउने गरेका थिए । कोरोना महामारीको कारण अन्य मुलुकमा खुला भएपनि चीनमा विदेश भ्रमणमा रोक थियो । शुरुमा चीनले विदेश भ्रमण खोल्दा समूहमा घुम्ने देशको सूचीमा नेपाल थिएन । पर्यटन मन्त्रीले चिनियाँ राजदुतलाई खोल्न आग्रह गर्नुभएको थियो । आग्रहअनुसार खुला गरिएको छ । चिनियाँ राष्ट्रपतिले भिजिट २०२० मा चिनबाट ५ लाख पर्यटक पठाउने भन्नुभएको थियो तर कोरोनाका कारण सफल हुन सकेन । यो वर्ष २०१९को भन्दा बढी चिनियाँ पर्यटक नेपालमा पाउने छौं । चिनियाँ पर्यटकले नेपाली नयाँ वर्षमा नेपालीहरुसँग मनाउनु हुनेछ । उहाँहरुले नेपालको सकारात्मक सन्देश लिएर चिन जानु हुनेछ । अन्य चिनियाँ पर्यटकलाई नेपाल घुम्न प्रेरित गर्नुहुने आशा लिएका छौं । पर्यटकहरुको नेपाल बसाई एक हप्ता हुनेछ ।’

    त्यस्तै, पर्यटन व्यवसायी सुदर्शन नेपालले चिनियाँ पर्यटकहरुको टोली हिमालय एयरलाइन्सको विमान चार्टर उडानमार्फत लगातार आउने तालिका रहेको बताए । उनले अप्रिल १९ तारिकमा अर्को उडानमार्फत आउने तालिका रहेको भन्दै पहिलो टोली भएकाले चीनमा सकारात्मक सन्देश दिनको लागि भव्य रुपमा स्वागत गरिको बताए । उनले चिनियाँ पर्यटक टोलीको ८ दिनको बसाईमा ३ दिन टे«किङ जाने र ४ दिन काठमाडौं पोखरा घुम्ने बताए । उनले नयाँ वर्ष लागेसँगै चिनियाँ पर्यटकको आगमन भएकाले पर्यटक व्यवसायीहरुमा नयाँ उर्जा थपेको बताए । उनले चिनियाँ पर्यटक नेपालमा बढेसँगै मुलुकको अर्थतन्त्रमा ठूलो योगदान पुग्ने देखिएको बताए ।

    कोरोना महामारी पश्चात चीन सरकारले मार्च १० बाट नेपाललाई गन्तव्यका सूचिमा राखेको थियो । नेपाल गन्तव्य मुलुकमा परेपश्चात चार्टर उडानमार्फत नेपाल आउने पहिलो समूह रहेको छ । उनीहरुलाई नेपाल विग माउण्टेन ट्राभलमार्फत आएका हुन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend