logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • नेप्से परिसूचक २९.०७ अङ्कले घट्यो

    नेप्से परिसूचक २९.०७ अङ्कले घट्यो

    1.8K
    Shares
    नेप्से परिसूचक २९.०७ अङ्कले घट्यो

    काठमाडाै‌ । नेपाल बैंकर्स सङ्घले ब्याजदर घटाउने निर्णय गरेसँगै बुधबार उकालो लागेको नेप्से परिसूचक बिहीबार फेरि ओरालो लागेको छ । आजको कारोबारमा नेप्से परिसूचक २९ दशमलव ०७ अङ्कले घटेर १ हजार नौ सय ३४ दशमलव ४७ अङ्कमा सीमित भएको छ ।

    आजको कारोबारमा विभिन्न कम्पनीमा ४९ लाख १३ हजार ७०२ कित्ता शेयर रु एक अर्ब ६५ करोड ३३ लाख ३४ हजार ६६५ दशमलव ७७ मा कारोबार भएका छन् ।

    कारोबारमा भएका कम्पनीमध्ये आदर्श लघुवित्त वित्तीय संस्था, कालिञ्चोक दर्शन लिमिटेड र मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै गुमाउने शीर्ष कम्पनीमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, धौलागिरि लघुवित्त वित्तीय संस्था, एक्सेल डेभलपमेन्ट बैंक र सिर्जनशिल लघुवित्त वित्तीय संस्था छन् ।

    कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी लिमिटेड, एनआईसी एशिया बैंक, नबिल बैंक र शिव श्री हाइड्रोपावर कम्पनी शीर्ष पाँचभित्र परेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend