logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्ने लगानी बोर्डको निर्णय

    ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्ने लगानी बोर्डको निर्णय

    1K
    Shares
    ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्ने लगानी बोर्डको निर्णय

    काठमाडौं । लगानी बोर्डले ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्ने निर्णय गरेको छ । बिहीवार लगानी बोर्डको कार्यालयमा बसेको बैठकले ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्ने निर्णय गरेको हो ।

    प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बोर्डको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले बैठकले जलविद्युत आयोजनाहरुको काम तत्काल अघि बढाउने निर्णय गरेको बताए । उनले तल्लो अरुण, अप्पर मस्र्याङ्दी, दुधकोशी २ लगायतका जलविद्युत आयोजनाहरुलाई अघि बढाउने निर्णय गरेको बताए । उनले बैठकमा सिमेन्टमा लगानी भएका आयोजना पनि उत्पादन गर्ने तहमा पुगेको बारेमा पनि छलफल भएको बताए । उनले रसायनिक मलको विषयमा विस्तृत अध्ययन गर्न दुई वैदेशिक लगानी कर्ताहरुलाई अनुमति दिने प्रक्रिया अघि बढाउने निर्णय भएको बताए । अर्थमन्त्री महतले ठूला आयोजनालाई अघि बढाउने र आगामी दिनमा लगानी बोर्डको क्षमतालाई वृद्धि गर्ने र प्राविधिक क्षमता लगायत सबै क्षमता वृद्धि गरी भविष्यमा थप लगानीको परिवेश देशमा निर्माण गर्ने कुरामा बैठकमा विशेष छलफल भएको बताए ।

    उनले भने, ‘५३ औं नेपाल लगानी बोर्डको बैठक प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बस्यो । विदेशी लगानीदेखि स्वदेशी लगानी जुन ठूलो आकारको लगानीहरु नेपाल लगानी बोर्डमार्फत अघि बढ्छ, त्यस अर्थमा यो लगानी बोर्डको अत्यन्त महत्व छ । उर्जा क्षेत्रमा जलविद्युत आयोजनाहरुलाई अघि बढाउने, तल्लो अरुण ठूलो आयोजना हो, त्यस्तै अप्पर मस्र्याङ्दी, दुधकोशी २ लगायत जलविद्युत आयोजनाहरुलाई अघि बढाउने निर्णय गरेको छ । सिमेन्टमा लगानी भएका आयोजना पनि अब उत्पादन गर्ने तहमा पुगेको छ, त्यस सम्बन्धमा जोडिएका विषयमा पनि निर्णय भएको छ । रसायनिक मलको विषय आम चासो र सरोकारको विषय रहँदै आएको छ । त्यसमा दुई वैदेशिक लगानी कर्ताहरुलाई यसको विस्तृत अध्ययन गर्न उहाँहरुले अनुमति खोजिरहनुभएको छ । ती दुई वैदेशिक लगानी कर्तालाई अनुमति दिने प्रक्रिया अघि बढाउनलाई निर्णय भएको छ । त्यो भन्दा अरु पनि धेरै लगानीसँग जोडिएका अरु पनि धेरै विषयवस्तुमा छलफल भयो । विभिन्न चरणमा लगानी आउने क्रम छ । कोही कार्यान्वयन गर्ने, कोही सम्पन्न हुने चरणमा छ, उत्पादन हुने चरणमा छ । कुनै अध्ययनको चरणमा छ । विभिन्न चरणमा भएका ठूला आयोजनालाई अघि बढाउने र आगामी दिनमा लगानी बोर्डको क्षमतालाई वृद्धि गर्ने र प्राविधिक क्षमता लगायत सबै क्षमता वृद्धि गरी भविष्यमा थप लगानीको परिवेश देशमा निर्माण गर्ने कुरामा छलफल भयो । कार्यविधि, ऐनमा संशोधन गर्नेकुरा उठेका छन्, त्यसमा सरकारले आवश्यक निर्णय लिन्छ नै । आगामी दिनमा इन्भेष्टमेण्ट समिट गर्नेकुरा उठेको छ । त्यसको उपयुक्त समय छलफल गरी निर्णय गर्ने छलफल भएको । चाँडो भन्दा चाँडो बिना ह्यासल स्वदेशी र विदेशी लगानीकर्ताले लगानी यहाँ गर्न सकुन् र लगानीमार्फत आर्थिक समृद्धि हुन सकोस् भन्ने हो, त्यही अनुसार बैठकले निर्णय गरेको छ ।’

    लगानी बोर्डका उपाध्यक्षसमेत रहेका अर्थमन्त्री महतले इन्भेष्टमेण्ट समिट गर्ने बारेमा पनि बैठकमा छलफल भएको बताए । उनले स्वदेशी र विदेशी लगानीकर्ताले कुनै समस्या बिना चाँडो भन्दा चाँडो नेपालमा लगानी गर्न सकुन् र लगानीमार्फत आर्थिक समृद्धि हुन सकोस् भन्नेकुरा बैठकमा छलफल भएको बताए । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक पुँजी तथा प्रविधि भित्राएर स्वदेशमै रोजगारी सिर्जना गर्ने, उत्पादन र उत्पादकत्व बढाउने तथा आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्नेतर्फ लगानीलाई केन्द्रित गर्न आवश्यक रहेको औंल्याएको मन्त्री महतले बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend