logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • प्रधानमन्त्री दाहाल वैशाख तेस्रो साता भारत जाने तयारी

    प्रधानमन्त्री दाहाल वैशाख तेस्रो साता भारत जाने तयारी

    910
    Shares
    प्रधानमन्त्री दाहाल वैशाख तेस्रो साता भारत जाने तयारी

    काठमाडौँ । प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्ड आफ्नो तेस्रो कार्यकालमा अहिलेसम्म विदेश भ्रमणमा गएका छैनन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही महिनाको तेस्रो सातातिर भारत भ्रमण जाने भएका छन् । केही दिन पहिला भारतीय राजदूत नवीन श्रीवास्तवले भेटेर प्रचण्डलाई भारत भ्रमणको निम्ता दिएका थिए । प्रचण्डले यही महिनाको तेस्रो साता भारत भ्रमण गर्ने योजना बनाएको बताइएको छ ।

    फागुन १ मा भारतका विदेश सचिव विनयमोहन क्वात्राले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’सँग भेटवार्ता गरेका थिए । उक्त भेटवार्तामा विदेशसचिव क्वात्राले भारत भ्रमणको निम्तो दिए तर समय नमिलेका कारण प्रधानमन्त्री भारत नगएको प्रधानमन्त्रीका सञ्चारविज्ञ मनहरि तिमलसेनाले जानकारी दिए ।

    त्यसमा पुनः राजदूतले पनि निम्ता दिएकाले प्रधानमन्त्रीले भारत जाने तयारी गरेका हुन् । तर, मिति भने तय भइनसकेको प्रधानमन्त्रीका सञ्चारविज्ञ मनहरि तिमिलसेनाले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend