१३ औं दक्षिण एसियाली खेलकुद सागको टिकट नपाएर आक्रोशित भीडलाई नियन्त्रणमा लिनेक्रममा मंगलबार दशरथ रंगशालामा प्रहरीले लाठीचार्ज गरेको छ।
उक्त क्रियाकलापको भिडियो खिचेको भन्दै पत्रकार चापागाईंलाई कुटपिट भएको छ ।
प्रहरीको कुटाइबाट पत्रकार चापागाईंको मुखमा चोट लागेको छ । उनलाई रंगशालाभित्र लगेर कुटपिट गरिएको थियो ।