नेपालगन्ज । नेपालगन्ज विमानस्थलबाट ४५ ग्राम ब्राउन सुगरसहित एक जना युवक पक्राउ परेका छन् ।
शुक्रबार विमानस्थल सुरक्षा गार्डको टोलीले चेकिङका क्रममा कैलालीको घोडाघोडी नगरपालिका वडा नं.२ बस्ने २२ वर्षीय अमुल क्षेत्रीलाई ब्राउन सुगरको साथमा प्रक्राउ गरिएको हो ।
श्री एयरलायन्सबाट शुक्रबार ९ बजे काठमाडौंतर्फ जाँदै गर्दा क्षेत्रीको साथबाट ४५ ग्रामको ब्राउन सुगर फेला पारेको प्रहरीले जनाएको छ ।
क्षेत्रीलाई थप अनुसन्धानका लागि थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रामबहादुर घर्ती मगरले जानकारी दिएका छन् ।