काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनकी आमाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरी सहायक हवल्दार प्रकाश पुनले बोकेको पेस्तोल को गालीबाट माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’की आमा शुक्रवार राती घाइते भएकी थिइन् ।
बालुवाटारस्थित पुनको निवासमा उनकी आमालाई गोली लागेको हो । उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
पुनको आमा माथि ‘दुर्घटनावस’ गोली लागेको र उनको स्वास्थ अवस्था सामान्य रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी श्याम ज्ञवाली जानकारी दिए ।
उनले भने,’ ‘वर्षमान पुनको आमा माथि ‘असाबधानीबस’ गोली लागेको छ । प्रारम्भिक अनुसन्धान हेर्दा ‘इन्टेन्सनली’ भन्दा पनि उहाँमाथी ‘एक्सिडेन्ट्ली’ गोली लागेको जस्तो देखिन्छ । उहाँको स्वास्थ अवस्था अहिले सामान्य छ । उहाँको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।’
यस घटनाका बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।