logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • आख्यानकार मिश्रको म र ‘म’ कृति लोकार्पण

    आख्यानकार मिश्रको म र ‘म’ कृति लोकार्पण

    1.6K
    Shares

    काठमाडौँ । आख्यानकार नितिन मिश्रको म र ‘म’ नामक कृति लोकार्पण गरिएको छ । समालोचक डा ज्ञानु पाण्डे, पूर्वसचिव खेमराज नेपाल, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ र डा सुशान्त गुरुङले आज यहाँ आयोजित कार्यक्रममा उक्त कृति सार्वजनिक गरेका हुन् ।

    अटेर र जबरर्जस्ती मभन्दा समाजको आत्मबोध गर्ने म बलियो हो भन्ने पुष्ट्याइ गर्ने हेतुले लेखिएको कृतिमा वर्तमान, अतित हुँदै वर्तमानमै फर्किँका घटना समावेश गरिएका छन् ।

    सो अवसरमा समालोचक पाण्डेले व्यक्ति विशेषमा रहेको मपाइत्वको ‘म’ र हृदयभित्र चेतना बोकेको मबीचको द्वन्द्वका विषयलाई केन्द्रमा राखेर लिएको पुस्तक मिठास शब्दसहित सरल भाषामा लेखिएकाले ज्ञानवद्र्धक रहेको बताए ।

    सत्र भागमा विभाजित पुस्तकमा जीवन, प्रेम, धर्म, परिवार र गृहस्थितलगायतका विषयवस्तु समेटिएको पुस्तकमा यात्रालगायतका क्रममा विपरीत लिङ्गसँगको आकर्षणसम्बन्धी घटनाले नेपाली समाजलाई चुनौती खडा गरे पनि पुस्तक अध्ययनलाई रोचक बनाएको समालोचक पाण्डेले उल्लेख गरे ।

    लेखक मिश्रले आफूप्रतिको इमान्दार मलाई उजागर गर्ने हेतुले आख्यानका माध्यमबाट कृति तयार गरेको बताए। बुलबुल पब्लिकेशन प्रालि प्रकाशक मूल्य तीन सय ५० रहेको पुस्तक २६२ पृष्ठको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend