काठमाडाै । आइतबार नेप्से परिसूचक २.८० अंकले घटेको छ । आज २.८० अंकले घटेर नेप्से १ हजार ९ सय ३१ दशमलव ६८ को विन्दुमा कायम भएको हो ।
आज नेप्से घटेसँगै कारोबार रकम पनि उत्साजनक देखिएन । आज नेप्सेमा ९७ करोड ४५ लाख ९९ हजार बराबरको कारोबार भएको हो । आज ७० कम्पनीको सेयर मूल्य बढेको छ भने १४० कम्पनीको सेयर मूल्य घटेको छ ।
त्यस्तै, १० वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।