logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • बालबालिकालाई वैशाख ६ र ७ मा भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइदैँ

    बालबालिकालाई वैशाख ६ र ७ मा भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइदैँ

    1.7K
    Shares
    बालबालिकालाई वैशाख ६ र ७ मा भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइदैँ

    काठमाडौँ । सरकारले बालबालिकालाई वैशाख ६ र ७ गते भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने भएको छ।

    आइतबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक सूचना जारी गर्दै बालबालिकालाई वैशाख ६ र ७ गते भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने जानकारी दिएको हो।

    मन्त्रालयले छदेखि ५९ महिना उमेर समूहका बालबालीकालाई भिटामिन ए क्याप्सुल तथा १२ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने जनाएको छ।

    आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend