काठमाडौं । सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् । दाङको तुलसीपुर कारागारमा रहेका हवल्दारले आत्महत्या गरेका हुन् ।
डयुटीमा खटिएका तुलसीपुर उपमहानगरपालिका ८ टिकरीका ३५ वर्षीय बसन्त केसीले आइतबार राति ८ बजे आफैंलाई गोली हानेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
गोली लागेर हवल्दार केसीको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनाबारे अनुसन्धान भैइरहेको प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।