logo

२०८१ कार्तिक १२ सोमबार

logo
  • सोमबार, १२ कार्तिक २०८१
  • ज्योतिष र कर्मकाण्डको छ महिने प्रशिक्षण

    ज्योतिष र कर्मकाण्डको छ महिने प्रशिक्षण

    924
    Shares
    ज्योतिष र कर्मकाण्डको छ महिने प्रशिक्षण

    काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले छ महिने ज्योतिष र कर्मकाण्ड प्रशिक्षण सुरु गरेको छ । चैत अन्तिमदेखि सुरु भएको ज्योतिष प्रशिक्षणमा ४० र कर्मकाण्ड प्रशिक्षणमा २२ प्रशिक्षार्थी रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए। ज्योतिष र कर्मकाण्ड क्षेत्रमा दक्ष जनशक्ति तयार पार्न समितिले आर्थिक वर्ष २०६६/२०६७ देखि प्रशिक्षण सुरु गरेको हो ।

    हाल प्रशिक्षण समितिको कार्यालयस्थित नारायणहिटी दरबार सङ्ग्रहालय परिसरको भवनमा सञ्चालन भइरहेको छ । बेलुकी ४ बजेदेखि ६ बजेसम्म प्रशिक्षण सञ्चालन हुने गर्छ ।

    छ महिनामा सामान्य फलादेश र कर्मकाण्ड गर्न सक्ने जनशक्ति तयार गर्ने गरी समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको कार्यक्रममा प्रशिक्षण दिने गरिएको हो । प्रशिक्षणमा नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका पूर्व र बहालवाला प्राध्यापकले प्रशिक्षण दिने गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend