logo

२०८१ पुष ११ बिहिबार

logo
  • बिहिबार, ११ पुष २०८१
  • बेलायतमा बोरिस जोनसनलाई विशाल बहुमत, प्रधानमन्त्रीमा फर्कने निश्चित

    बेलायतमा बोरिस जोनसनलाई विशाल बहुमत, प्रधानमन्त्रीमा फर्कने निश्चित

    2.6K
    Shares

    मंसिर २७ काठमाडौं बोरिस जोनसन ब्रिटिश प्रधानमन्त्रीका रूपमा डाउनिङ स्ट्रीट फर्कने निश्चित भएको छ। बिहीवार भएको निर्वाचनमा उनको कन्जर्भेटिभ पार्टीले संसद्‍मा स्पष्ट बहुमत सङ्ख्या पुर्‍याइसकेको छ।

    ‘नम्बर टेन’ भनेर चिनिने प्रधानमन्त्री कार्यालयमा यसअघि उनी टरिजा मेलाई विस्थापित गर्दै आएका थिए। कन्जर्भेटिभ पार्टीको नेताको रूपमा उनी त्यसबेला एक लाख ६० हजार पार्टी सदस्यहरूमार्फत् मात्र छानिएको भनेर आलोचना हुनेगर्छ।

    बिहीवार सम्पन्न आमनिर्वाचनमार्फत् अहिले भने उनलाई, उनको दललाई र उनले लिएको नीतिलाई मतदाताहरूले छानेका छन्। आम निर्वाचनमा सत्ताधारी कन्जर्भेटिभ पार्टीले शानदार जित हासिल गरेको छ । पार्टीले स्पष्ट बहुमत हासिल गरेको छ । ६५० सिटको संसदमा पार्टीले बहुमतका लागि आवश्यक ३२६ सिटको आँकडा पार गरेको छ । रुझान अनुसार उसको खातामा ३६३ सिट आउन सक्छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend