logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • आमाको मुख हेर्ने दिन मातातीर्थमा दर्शनार्थीको भीड

    आमाको मुख हेर्ने दिन मातातीर्थमा दर्शनार्थीको भीड

    980
    Shares
    आमाको मुख हेर्ने दिन मातातीर्थमा दर्शनार्थीको भीड

    काठमाडौँ । आमाको मुख हेर्ने दिन काठमाडौंको चन्द्रागिरी नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा स्नान तथा दर्शन गर्नेहरुको भीड लागेको छ ।

    आज मातातीर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन । देशभर आमालाई मिठामिठा परिकार खुवाइ आमाको मुख हेर्ने चलन छ । साथै आज काठमाडौं उपत्यकाको मातार्तीर्थमा ठूलो मेला लागेको छ ।

    आमाको मुख हेर्ने र आमाबाट आशिर्वाद लिने परम्परा अनुसार मातातीर्थ औंशी मनाउने गरिन्छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमालाइ स्मरण गर्दछन् । मातातीर्थ मेलाको अवसरमा आज चन्द्रागिरी नगरपालिकामा सार्वजनिक बिदा दिइएको छ ।

    प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा आमालाई सम्मान गरी आमाको मुख हेर्ने गरिन्छ । आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ यो पर्व मनाइने गरिन्छ । मातातीर्थमा पुग्नुभएका दर्शनार्थी प्रेमप्रसाद लामिछानेले दर्शन गर्न कठिनाइ नभएको बताए । उनले यस वर्ष सूर्यग्रहण लागेकाले पनि मातातीर्थमा दर्शनका लागि आउनेको संख्या कम रहेको बताए ।

    उनले भने, ‘दर्शन गर्न गाह्रो भएन । त्यो भन्दा पहिला धेरै भीड हुन्थ्यो । आज ग्रहणका कारणले पनि कतिपय मानिस आएका छैनन् । कतिपय मानिसहरु ग्रहणको दोषका कारण आएका छैनन् ।’

    आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभ आशिर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend