logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • तत्काल कुनै पार्टीसँग एकता गर्ने पक्षमा छैनौँः सम्मानित नेता खनाल

    तत्काल कुनै पार्टीसँग एकता गर्ने पक्षमा छैनौँः सम्मानित नेता खनाल

    1.2K
    Shares
    तत्काल कुनै पार्टीसँग एकता गर्ने पक्षमा छैनौँः सम्मानित नेता खनाल

    काठमाडौँ । नेकपा (एकिकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टी तत्काल कुनैपनि पार्टीसँग एकता गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् ।

    नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा शनिवार जनकपुरधाममा आयोजना हुने लागेको कार्यक्रममा सहभागि हुन जनकपुरधाम जानुभएका सम्मानित नेता खनालले यस्तो बताएका हुन् ।

    जनकपुरधाम विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उनले मिलेर जाने कुरा बेग्लै भएपनि नेकपा एकिकृत समाजवादीले तत्काल कसैसँग पार्टी एकीकरण गर्ने सम्भावना नरहेको स्पष्ट पारे । उनले आफनो पार्टी अधिवेशन र महाधिवेशनको तयारीमा रहेको समेत बताए ।

    उपनिर्वाचन पछि वर्तमान सत्ताधारी गठबन्धनको स्वास्थ्य बिग्रने हल्ला छ नि ? भन्ने प्रश्नमा उनले नराम्रो व्यवहारको प्रयोग भए गठबन्धनको स्वास्थ्य बिग्रने बताए । उनले वामपन्थी शक्तिहरु मिल्नुको विकल्प नरहेको समेत बताए । देशको विभिन्न क्षेत्रहरु जस्तै पवित्रधाम जनकपुरबाट आफूले वामपन्थीहरुको एकताका लागि आग्रह र आह्वान गर्ने बताए ।

    सम्मानित नेता खनालले राष्ट्रियतामाथि संकट बढीरहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend