logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • जसपाले बुथ कब्जा गरेको सिके राउतको आरोप

    जसपाले बुथ कब्जा गरेको सिके राउतको आरोप

    1.7K
    Shares
    जसपाले बुथ कब्जा गरेको सिके राउतको आरोप

    बारा । जनमत पार्टीका अध्यक्ष सिके राउतले बाराका दुईवटा बुथमा आफनो प्रतिनिधिलाई प्रवेश गर्न नदिएको आरोप लगाएका छन् ।

    बिहानै गढीमाई दर्शन गरेर मतदान केन्द्र घुम्न निस्केका राउतले जनता समाजवादी पार्टी, नेपालले दुईवटा स्थानमा बुथ कब्जा गरेकोसमेत आरोप लगाएका छन् ।

    ‘पचरौता नगरपालिका बेलडाडीमा हाम्रा प्रतिनिधिलाई छिर्न दिईएको छैन, त्यस्तो अवस्था देबताल झिपकैया बुथमा पनि देखिएको छ,’ राउतले सञ्चारकर्मीसँग भने, ‘मैले हिजो देखी नै जसपाले बुथ कब्जा गर्न खोजेको भनेर प्रहरी प्रशासनलाई जानकारी दिएको थिएँ तर अहिलेसम्म हाम्रो कुराको सुनवाई भएको छैन ।’ प्रहरी प्रशासनको मिलोमतोमा नै जसपाले बुथ कब्जा गरेको जनाउँदै राउतले सबन्धित निकायको ध्यानाकर्षण गरेका पनि छन् ।

    बारा–२ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहा उम्मेदवार रहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend