logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • एसीसी मेन्स प्रिमियर कप: यूएईले सिङ्गापुरलाई दियो ४ सय ७२ रनको फराकिलो लक्ष्य

    एसीसी मेन्स प्रिमियर कप: यूएईले सिङ्गापुरलाई दियो ४ सय ७२ रनको फराकिलो लक्ष्य

    819
    Shares
    एसीसी मेन्स प्रिमियर कप: यूएईले सिङ्गापुरलाई दियो ४ सय ७२ रनको फराकिलो लक्ष्य

    काठमाडौँ । एसीसी मेन्स प्रिमियर कपमा संयुक्त अरब इमिरेट्स (यूएई) ले सिङ्गापुरलाई चार सय ७२ रनको विशाल लक्ष्य दिएको छ ।

    कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा अलआउट हुँदै चार सय ७१ रनको विशाल योगफल बनायो । यूएईका वृत्य अरविन्दले सर्वाधिक एक सय ७४ रन बनाए ।

    उनले एक सय ३३ बलमा १७ चौका र सात छक्काको मद्दतमा एक सय ७४ रन जोडे । यस्तै कप्तान मुहम्मद वसीमले ८२ बलमा नौ चौका र १६ छक्काको मद्दतमा एक सय ६० रन बनाए । यस्तै आयन अफजल खानले ५० बलमा ७४ रन बनाए । आदित्य भर्गवले चार र रमेश कलिमुथीले तीन विकेट लिए ।

    समूह ‘बी’ मा रहेको यूएई दुई खेलमा दुई अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । सिङ्गापुरमा दुई खेलमा अङ्कविहीन हुँदै अन्तिम स्थानमा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend