logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • मुलुकको आर्थिक संकट समाधानका लागि बाँदर निर्यात गर्नुपर्ने: उपसभापति गुरुङ

    मुलुकको आर्थिक संकट समाधानका लागि बाँदर निर्यात गर्नुपर्ने: उपसभापति गुरुङ

    1.2K
    Shares
    मुलुकको आर्थिक संकट समाधानका लागि बाँदर निर्यात गर्नुपर्ने: उपसभापति गुरुङ

    काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले मुलुकको आर्थिक संकट समाधानका लागि बाँदर निर्यात गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

    गाउँघरमा बाँदर आतंक फैलिएको उल्लेख गर्दै उहाँले त्यसलाई निर्यात गर्ने निर्णय गरेर जाँदा मुलुकलाई आर्थिक संकटमा राहत मिल्ने पनि बताए । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले किसानको बाली लुटेर लैजाने बाँदरलाई निर्यात गर्दा कसो होला पनि जिज्ञासा पनि राखे । उनले मुलुक आर्थिक महासंकटबाट गुज्रिएको उल्लेख गर्दै त्यसको निदानका लागि सत्तापक्ष र प्रतिपक्ष सबैले मिलेर काम गर्नुपर्ने बताए । उपसभापति गुरुङले मुलुकको आर्थिक संकट समाधानका लागि भ्रष्टाचार नियन्त्रण गर्नु पहिलो सर्त रहेको पनि दोहोर्‍याए ।

    उनले भने, ‘अहिले हामी पनि अप्ठयारोमा परेका छौं । हामी निकै अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेका छौं । मुलुक आर्थिक महासंकटमा परेको छ । हामीले पनि यहाँ यी समस्याको समाधान खोज्नै पर्दछ । तर, समाधानको उपाय खोज्ने क्रममा अहिले हामी आर्थिक महासंकटबाट गुज्रिएको नाममा पूँजीगत खर्च भारी रुपमा कटौति गर्न खोजिएको आभास भएको छ । पूँजीगत खर्च कटौति गरेर उभोगतितिर लैजान सकिदैन सभामुख महोदय । संकट मोचनका उपायहरु खोजौं । संकटमोचन गरौं सभामुख महोदय । अष्ट्रेलिया विकसित मुलुक हो । त्यहाँको राष्ट्रिय जनावर कंगारु हो । त्यहाँ आर्थिक व्यवस्थापनको सन्दर्भमा त्यहाँ लाखौं कंगारुहरु मार्दैछ । कंगारुको छाला निर्यात गर्दैछन । र, त्यसको माशु पनि प्रयोगमा ल्याउँदैछ । श्रीलंकाले हालसालै एक लाख बाँदरहरु निर्यात गर्ने निर्णय गरेको छ । सभामुख महोदय हाम्रा गाउँहरुमा पनि अहिले बाँदर आतंक मच्चिएको छ । बाँदर आतंक फैलिएको छ । हामीले भन्दैछौं–खेतबारी बाँझो राख्नु हुँदैन । कृषिमा आधुनिकीकरण गरौं । कृषिमा बैज्ञानिकीकरण गरौं । हामी एकातिर भन्दैछौं । अर्कोतर्फ किसानले लगाएको बाली टिप्ने बेलामा बाँदरको हुल आएर लुटेर लैजान्छ सभामुख महोदय । यसो गरे कसो होला सभामुख महोदय कि हामीले पनि बाँदर निर्यात गरिदिए कसो होला । यसो भन्दा कतै इकोसिष्टमको कुरा उठाएर डलरबादीहरु चिच्याउने हुन कि भन्ने मलाई आशंका पनि छ । तैपनि बाँदर आतंकलाई अन्त्य गर्र्नुछ । त्यसैले अहिले हाम्रो आर्थिक अवस्थालाई हेरेर पनि बाँदर निर्यात गर्ने निर्णय गर्दाखेरी ठिकै हुन्छ जस्तो लाग्दछ सभामुख महोदय । संकटमोचनका लागि सत्तापक्ष र प्रतिपक्ष हुँदैन । यो महासंकट हो सभामुख महोदय । त्यसैले म भन्दैछु कि हामीले सत्तापक्ष वा प्रतिपक्ष भएर यस सन्दर्भमा बाँडिनु हुँदैन भन्ने मलाई लाग्दछ । त्यही भएर निवेदन गर्न चाहन्छु सभामुख महोदय कि हामी आफैं बदलिएर काम गर्नु पर्दछ । जब हामी आफैं बदलिएर काम गर्न सक्दैनौं, हामीले समस्याका समाधानहरु पनि गर्न सक्दैनौं । बदलाको भाव लिएर होइन, हामी बदलिएर काम गर्न आवश्यक छ । सत्तापक्ष र प्रतिपक्षको भाव राखेर होइन, कि यो महासंकटमा एक ठाउँमा उभिएर काम गर्नुछ । ’

    उपसभापति गुरुङले भ्रष्टाचार नियन्त्रण नगरे जुनसुकै उद्योगधन्दा संचालन गरे पनि नेपाल उभो नलाग्ने आफूले देखेको पटकपटक दोहोर्‍याए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend